दिलनवाज पाशा / बीबीसी हिन्दी
नयाँदिल्ली(भारत), २८ मंसिर । अरुणाचल प्रदेशको तवाङ्ग क्षेत्रनजिकै भारत–चीन सीमामा दुई देशका सेनाबीच भएको झडप भारत र चीन दुवैले स्वीकार गरेका छन्।
भारत र चीन दुवैले एकअर्कालाई आफ्नो भूमिमा अतिक्रमण गरेको आरोप लगाएका छन्। भारतका रक्षामन्त्री राजनाथ सिंहले संसद्मा चिनियाँ सेनाले तवाङ्गको याङ्त्से क्षेत्रमा वास्तविक नियन्त्रणरेखामा अतिक्रमण गरेर एकतर्फी रूपमा विद्यमान अवस्थालाई परिवर्तन गर्ने प्रयास गरेको भए पनि भारतीय सेनाले त्यसलाई विफल बनाइदिएको बताउनुभएको छ।
भारतीय रक्षामन्त्रीका अनुसार उक्त झडपमा भारतीय सैनिकको मृत्यु भएको छैन र कोही पनि गम्भीर घाइते भएका छैनन्।
भारतका रक्षामन्त्री राजनाथ सिंहले यो भिडन्तमा दुवै देशका सैनिक घाइते भए पनि कसैको मृत्यु नभएको बताउनुभएको छ।
अरुणाचल प्रदेशमा भारत र चीनबीचको सीमा स्पष्ट छैन। त्यहाँ दुवै देशले आफ्नै किसिमका दाबी गर्दै आएका छन्।
India-China LAC face-off: Clashes broke out between the Indian Army and Chinese PLA near the Line of Actual Control (LAC) at Yangste area of Tawang, Arunachal Pradesh on December 9.
#india #indianarmy #indian #morningpodcast #morningnews pic.twitter.com/72Aq5T9XEw— Morning Podcast (@morningpodcasts) December 13, 2022
चीनले अरुणाचल राज्यको ९०,००० वर्ग किलोमिटर भूभाग आफ्नो रहेको दाबी गर्दै आएको छ। भारतले पश्चिममा रहेको अक्साई चीनमा ३८,००० वर्ग किलोमिटर भूभागमा चीनले अवैध रूपमा नियन्त्रण गरेको दाबी गरेको छ।
अहिलेको घटना गत शुक्रवार भएको हो। सोमवार भारतीय सञ्चारमाध्यममा यसबारे समाचार आएको थियो। त्यसपछि रक्षामन्त्री सिंहले मङ्गलवार संसद्मा बयान दिनुभया।
भारतको भनाइपछि चिनियाँ विदेश मन्त्रालयले स्थिति नियन्त्रणमा रहेको जनाउँदै भारतलाई दुई देशबीचको सीमा सम्झौता पालना गर्न आग्रह गरेको बताएको छ ।

चिनियाँ सञ्चारमाध्यमको भनाई
चिनियाँ सेनाका प्रवक्ताले चिनियाँ जनमुक्ति सेना (पीएलए)को ुवेस्टर्न थिएटर कमान्डुले वास्तविक नियन्त्रणरेखामा चिनियाँ सैनिकहरू चिनियाँ भूमिमा नियमित गस्तीमा भएका बेला भारतीय सैनिकहरू चिनियाँ क्षेत्रमा प्रवेश गरेका थिए र उनीहरूले चिनियाँ पक्षलाई रोक्ने प्रयास गरेको बताएका छन्।

चिनियाँ सेना
अर्थात् भारत र चीन दुवैले एकअर्कालाई आफ्नो भूमिमा अनधिकृत प्रवेश गरेको आरोप लगाएका छन्।
घटनाको चौथो दिन चीनबाट प्रतिक्रिया आएको हो।
गलवान क्षेत्रमा भारत र चीनबीच झडप हुँदा पनि भारतको प्रतिक्रिया नआउँदासम्म चीनले यसबारे आफ्नो धारणा सार्वजनिक गरेको थिएन।
घटनाबारे चिनियाँ पक्षबाट बयान आउनु विलम्ब हुनुको कारण स्पष्ट पार्दै लन्डनको वेस्टमिन्स्टर विश्वविद्यालयका प्राध्यापक तथा चीन मामिलाविज्ञ दिव्येश आनन्द भन्नुहुन्छ , “चीनमा कम्युनिस्ट पार्टीले सञ्चारमाध्यममाथि कडा नियन्त्रण गरेको छ र उनीहरू संवेदनशील मानिने मुद्दाहरूमा तुरुन्तै समाचार तयार पार्दैनन्। कुनै मुद्दामा पार्टीको धारणा स्पष्ट हुन्छ र सहमति जुटेपछि मात्र सञ्चारमाध्यमले रिपोर्ट गर्छन्। चीनको सबैजसो सञ्चारमाध्यमले एकैखाले कुरा गर्छन्।”
यो झडपबारे भारतीय संसद्मा छलफल भएको छ, विपक्षीले सरकारमाथि प्रश्न उठाइरहेका छन्, सञ्चारमाध्यममा पनि यो विषय उठेको छ। तर चीनमा भने त्यस्तो प्रतिक्रिया आएको छैन ।
यो समाचार चिनियाँ सञ्चारमाध्यमको प्राथमिकता रहेको देखिँदैन। चीनमा विपक्षी दल छैन र अरू कसैले यसबारे प्रश्न पनि उठाएका छैनन् ।
“चीनको भूराजनीतिक समीकरणमा भारत त्यति महत्त्वपूर्ण छैन जति चीन भारतको लागि छ”, प्राध्यापक आनन्द भन्नुहुन्छ।

भारतीय सैनिक
के चीनले विवाद चर्काउन खोजेको हो ?
चीनले जानीजानी सीमामा भारतसँग निहुँ खोजेको वा तनाव बढाउन खोजेको भारतीय रक्षाविद्हरूको बुझाइ छ।
“याङ्त्से तवाङ्गबाट २५ किलोमिटर उत्तरमा ११(१२,००० फिटको उचाइमा छ। यो पुरानो विवादित क्षेत्र हो। सन् १९९० को दशकमा भारत र चीनका अधिकारीहरूले वार्ता सुरु गर्दा यसलाई विवादित क्षेत्र पनि मानिन्थ्यो।”, भारतका भूतपूर्व सेनाप्रमुख जेनरल बीपी मलिक भन्नुहुन्छ, “सन् १९९९ को जुलाईमा म सेनाप्रमुख हुँदा पनि चीनले यहाँ आएर बस्न खोजेको थियो। त्यस बेला हामीले प्रतिक्रिया जनायौँ र उनीहरू फर्किए। तर अहिले गलवान घटनाको साढे दुई वर्षपछि दुई देशबीच कूटनीतिक र सैन्य तहमा वार्ता भइरहेका बेला यो झडप भएको छ।”
“यसले चीनले आफ्नो मनोवृत्ति परिवर्तन नगरेको र सीमामा आफ्नो बठ्याइँ कायम राखेको दर्साउँछ। चीन अझै पनि आफ्नो ठानेका क्षेत्रहरू कब्जा गर्न चाहन्छ। गलवान घटनापछि भारत र चीन दुवैले सीमामा सैनिकहरूको सङ्ख्या बढाएका छन्। तनाव पनि बढेको छ।”
उहाँका अनुसार चीनले भारतमाथि थप दबाव बढाउने प्रयास जारी राख्नेछ।
“रणनीतिक स्तरमा भारत र चीन आमुन्नेसामुन्ने छन्। चीनले भारतलाई दबाव दिइरहेको छ र दिइरहनेछ”, उहाँले थप्नुभयो।

सी जिन्पिङ
चीनको दृष्टिमा भारत कति बलियो ?
भारतीय सेनाका एक सेवनिवृत्त वरिष्ठ सैन्य अधिकारीका अनुसार भारतले चीनसँग दुईवटा विशेष सम्झौता गरेको छ जसको उद्देश्य सीमामा शान्ति स्थापना गर्नु हो।
“यद्यपि शान्ति स्थापित हुन सकेन”, भूतपूर्व लेफ्टिनन्ट जेनरल शङ्कर प्रसाद भन्नुहुन्छ, “गलवानको घटना भयो, त्यसअघि डोक्लाम र अहिले तवाङ्गमा घटनाहरू भए।यो किन भने चीनले भारतलाई कमजोर र आफ्नो हिसाबले सीमा निर्धारण गर्न सक्छु भन्ने ठान्नु हो। तर अहिले समय बदलिएको छ। अब चीनको अगाडि भारत झुक्दैन।”
अन्तर्राष्ट्रिय मामिलाकी वरिष्ठ पत्रकार तथा ‘ड्र्यागन अन आवर डोरस्टेपः म्यानेजिङ चाइना थ्रू मिलिटरी पावर’ नामक पुस्तककी सहलेखिका गजाला वहाब भन्नुहुन्छ, “भारत र चीन दुवैले एकअर्कालाई प्रतिद्वन्द्वी मान्दै प्रतिस्पर्धा गरिरहेका छन्। तर चीनले भारतलाई आफ्नो प्रतिद्वन्द्वी ठान्दैन। चीनसँग प्रतिस्पर्धा गर्ने शक्ति भारतसँग छैन भन्ने उसको बुझाइ छ। तर भारतको धारणा भने हामी शक्तिशाली छौँ र हामीलाई दक्षिण एशियाको प्रमुख शक्ति मान्नुपर्छ भन्ने छ।”
“चीनले यसलाई स्वीकार गर्दैन। चीनले विश्वको सबैभन्दा ठूलो शक्ति अमेरिकासँग आफ्नो प्रतिस्पर्धा रहेको ठानेको छ र यस्तो अवस्थामा भारतसँग उसको तुलना गर्ने ? यही कारणले गर्दा चीनले आफूलाई भारतभन्दा बलियो देखाउन खोजिरहेको देखिन्छ।”

भारत र चीनका सैनिकहरू
के चीनको कुनै रणनीति छ
चीन र भारतबीचको यो झडप अचानक नभई यसका पछाडि चीनको कुनै न कुनै रणनीति हुनसक्ने भारतीय विश्लेषकहरूको दाबी छ।
जेनरल बीपी मलिक भन्नुहुन्छ, “चीनले जानीजानी र सुनियोजित रूपमा गरिरहेको देखिन्छ। जबसम्म सीमाविवाद समाधान हुँदैन, तबसम्म यो जारी रहनेछ। चीन नक्सामा लाइन अफ एक्चूअल कन्ट्रोल ९एलएसी० मान्न चाहँदैन। जबसम्म चीनले एलएसीलाई स्वीकार गर्दैन तबसम्म त्यहाँ झडपको सम्भावना कायम रहन्छ।”
गजाला वहाब भन्नुहुन्छ, “यो चीनको योजनाको अङ्ग हो, योजनाबिना चीनले केही गर्दैन। चीनको नीति पूर्ण तयारीका साथ आफ्नो प्रतिद्वन्द्वीविरुद्ध जाने हो, आवेग वा कुनै उक्साहटकै कारण उसले केही गर्दैन। यस्तो अवस्थामा चीनले जे पनि गरेको छ सोचेरै गरेको हुनसक्छ।”
दिल्लीस्थित जवाहरलाल विश्वविद्यालयका प्राध्यापक तथा चीन मामिलाका विज्ञ अलका आचार्यको बुझाइ भने भिन्न छ।
“घटनाको समयले खासै महत्त्व राख्छ भन्ने मलाई लाग्दैन। विगत १५ वर्षमा कुनै न कुनै घटना हुँदै आएको छ। हरेक कुरामा षड्यन्त्र देख्नु ठिक होइन। ‘लाइन अफ कन्ट्रोल’मा दुई देशबीच मतभिन्नता छ, गस्ती भइरहेको छ। यस्तो अवस्थामा दुवै देश आमुन्नेसामुन्ने हुनेछन् र जुनसुकै बेला झडपको सम्भावना पनि रहिरहन्छ।”
चीनमा राष्ट्रपति सी जिन्पिङको शून्य कोभिड नीतिका कारण विरोध खेप्नुपरेको छ, उहाँ रक्षात्मक भन्नुहुन्छ। यस्तो अवस्थामा आन्तरिक मामिलाबाट ध्यान हटाउने उद्देश्यसहित सीमामा तनाव भएको हुनसक्ने पनि अनुमान गरिएको छ ।

लद्दाखको सीमा क्षेत्रमा भारतीय र चीनका सैनिकहरू
चीनलाई प्रतिक्रिया दिन भारत सक्षम छ कि छैन ?
भारतले सीमामा सैन्य उपस्थिति बढाएको छ, सुरक्षा पूर्वाधार बलियो बनाएको छ र निगरानीमा कडाइ गरेको छ। अहिले सीमामा परिस्थिति फेरिएको छ र भारतीय सेनाले चीनको रणनीतिविरुद्ध प्रतिक्रिया जनाइरहेको विश्लेषकहरूको विश्वास छ।
“यो घटना अचानक भएको होइन। यसको पछाडि योजना छ, चीनले योजना र मूल्याङ्कन पछि मात्रै यस्तो गर्छ।”, भूतपूर्व लेफ्टिनेन्ट जेनरल शङ्कर प्रसाद भन्नुहुन्छ,”कतै भारत कमजोर देखिएमा भूमि कब्जा गर्ने प्रयास गर्छ। ऊ बिस्तारै अगाडि बढिरहन्छ। तर अहिले समय फेरिएको छ। अहिले भारतसँग निगरानी गर्ने प्रविधि छ, स्याटलाइट तस्बिर छ। यस्तो अवस्थामा चीनको कारबाहीबारे भारतले थाहा पाउँछ र यस्तो घटना हुन्छ।”

भारत चीन सीमामा परिचालित भारतीय सैनिक
“चीन अचानक तवाङ्गमा प्रवेश गर्छ भन्ने होइन। यस्तो प्रयास गरेमा भारतबाट त्यसको उचित प्रत्युत्तर दिइनेछ। भारतको सेना, राजनीतिक नेतृत्व, सेनाको उच्च भूभागमा लड्ने क्षमता सबै धेरै बलियो भएका छन्। चीन पक्कै पनि योजनाबद्ध रूपमा आएको हो तर भारतले जबाफी कारबाही गर्यो र चिनियाँ सैनिकहरूलाई हताहत बनाएर फिर्ता पठायो।”
भारत र चीनबीच यस्तो घटना हुँदा भारतले चीनलाई चर्को रूपमा जबाफ फर्काएको भारतीय मिडियामा दाबी गरिन्छ।
भारतको बढ्दो शक्तिबाट चीन डराएको दाबी गरिन्छ।
पत्रकार गजाला वहाब भन्नुहुन्छ, “तर चीन भारतसँग डराउँछ भन्ने दाबी सही होइन। भारतले अमेरिकाको आडमा चीनलाई चुनौती दिइरहेको छ। चीनसँग लड्न आवश्यक आर्थिक शक्ति, प्रविधि र सैन्य शक्ति नभएकाले यस्तो नीतिको घाटा भारतले नै बेहोर्नुपर्ने हुनसक्छ।”
भारत प्रविधि र सैन्य शक्तिका लागि अन्य देशहरूमा निर्भर छ। भारतको अर्थतन्त्र पनि चीनको जस्तो बलियो छैन। यस्तो अवस्थामा भारतले चीनलाई चुनौती दियो भने तनाव बढ्नेछ।


















