Prakash Adhikari December 17, 2022

काठमाडौं, २ पौष । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

नेपाल आयल निगमले शुक्रबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३ । ३ रुपैयाँ घटाएको छ भने हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

घटेको मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य रु १७८ र डिजेलरमटितेलको प्रतिलिटर मूल्य रु १७५ पर्नेछ।

निगमले डिसेम्बर २०२२ सम्ममा नियमित भुक्तानी सहित इण्डियन आयल कर्पोरेशनलाई अझै १९ अर्ब रुपैया तिर्न बाँकी रहेको जनाएको छ ।

Share Now

Leave a comment.