दोहा (कतार), ३ पौष(बीबीसी) । निर्धारित तथा अतिरिक्त समयमा पनि तीन-तीन गोलको बराबरी भएपछि पेनाल्टीका आधारमा भएको अन्तिम निर्णयमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको छ।
पेनाल्टीमा अर्जेन्टिनाले चार गोल गरेको थियो भने फ्रान्सले दुई गोल मात्र गर्न सफल भयो।
कतार विश्वकपको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको थियो।
आर्जेन्टिनाका तर्फबाट खेलको पहिलो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै लियोनेल मेस्सीले प्रथम गोल गरेका थिए।

त्यसपछि डी मारियोले गरेको दोस्रो गोलसँगै आर्जेन्टिनाले दोस्रो हाफसम्म अग्रता लिएको थियो।
तर खेलको निर्धारित समय सकिने अवस्था आउनै लागेका बेला फ्रान्सका किलियान एम्बाप्पेले दुई गोल फर्काएपछि खेल बराबरी भएको थियो।
निर्धारित समयमा खेल बराबरी भएपछि थपिएको समयमा मेस्सीले थप एक गोल गरे भने फ्रान्सका लागि पनि एम्बाप्पेले एक गोल फर्काए।
आइतवार भएको फाइनल खेलसँगै कतारमा जारी विश्वकप फुटबल पनि सकिएको छ।
चार वर्षअघि रुसमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सलाई आर्जेन्टिनाले उपाधि दोहोर्याउनबाट रोकेको छ।
सन् २०१८ मा फ्रान्सले क्रोएशियालाई २ का विरुद्ध ४ गोलले हराउँदै जित हासिल गरेको थियो।
संयोगवश यसपालि अर्जेन्टिनाले अघिल्लो विश्वकपको उपविजेता क्रोएशियालाई सेमिफाइनलमा शून्यविरुद्ध ३ गोलले हराउँदै फाइनल पुगेको थियो।
तीन दशकपछि उपाधि

आर्जेन्टिना र फ्रान्सबीच विश्वकप फुटबलमामा अहिलेसम्म चारपटक भेट भएको छ
आइतवार कतारको लुसैल रङ्गशालामा आर्जेन्टिनाले फ्रान्सलाई हराउँदै ३६ वर्षपछि विश्वकपको उपाधि हासिल गरेको हो।
योसँगै उसले फ्रान्सलाई ६० वर्षपछि पुरुषतर्फको विश्वकपको उपाधि दोहोर्याउने राष्ट्र बन्नबाट रोकेको छ।
’
यसअघि इट्लीले सन् १९३४ र सन् १९३८ मा अनि ब्रजिलले सन् १९५८ र सन् १९६२ मा लगातार विश्वकप जितेका थिए।
यसअघि आर्जेन्टिनाले सन् १९७८ मा आफ्नै गृहमैदान र सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा उपाधि जितेको थियो।

आर्जेन्टिना र फ्रान्सबीच विश्वकप फुटबलमामा अहिलेसम्म चारपटक भेट भएको छ
मेस्सीविरुद्ध एम्बाप्पे
यस पटकको विश्वकपको फाइनल खेललाई लियोनेल मेस्सीविरुद्ध किलियान एम्बाप्पेको रूपमा हेरिएको थियो।
फाइनल खेलसम्म आइपुग्दा आर्जेन्टिनाका कप्तान मेस्सी र फ्रान्सका कप्तान एम्बाप्पे दुवै प्रतियोगितामा सबैभन्दा धेरै गोल प्रहार गर्ने खेलाडी बनेका थिए।
त्यसले गर्दा पनि अन्तिम खेललाई उनीहरूबीचको प्रतिस्पर्धाका रूपमा हेरिएको थियो।
मेस्सी र एम्बाप्पे दुवै फाइनलसम्म आइपुग्दा पाँचपाँच गोल गरेर गोल्डेन बुटका दाबेदार बनेका थिए।
तर फाइनल खेलमा दुई गोल थपेर मेस्सी सात र एम्बाप्पेले तीन गोल थपेर आठ गोल गरी सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्न पुगेका छन्।
एम्बाप्पेले सन् २०१८ मा रुसमा सम्पन्न खेलमा पनि विश्वकपको उपाधि उचालेका थिए।
तर व्यक्तिगत रूपमा व्यापक सफलता पाएका मेस्सीले यसअघि विश्वकपको उपाधि जित्न सकेका थिएनन्।
फाइनल खेलमा पराजित भएसँगै फ्रान्सको तेस्रोपटक विश्वकप जित्ने सपना पूरा हुन पाएन।
योसँगै उक्त देश विश्वकप फुटबलको उपविजेता बनेको छ।
MESSI LIFTS THE WORLD CUP 🇦🇷🐐 https://t.co/Yx2jd8fyuc
— Messi Media (@LeoMessiMedia) December 18, 2022


















