Prakash Adhikari December 29, 2022

काठमाडौं, १४ पौष । नयाँ सरकारलाई पूँजी बजारले स्वागत गरेको छ । बिहिबार धितोपत्र बजार परिसूचक ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेको छ।

विगत चार महिनापछि धितोपत्र बजार परिसूचक २००० विन्दुमाथि पुगेको हो। यसअघि गत भदौ १० गते नेप्से सूचक २०२२.६२ विन्दुमा थियो।
यस दिन अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि सामान्य बढेको छ। बिहिबार २ सय ५७ कम्पनीका ८० लाख २४ हजार ५ सय ५९ कित्ता शेयरको किनबेचबाट २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटै उपसमूहका उपपरिसूचकहरु बढेका छन् । यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ५.३८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको ४.९२ प्रतिशत र निर्जीवन बीमा उपसमूहको सूचक ४.३९ प्रतिशतले बढेको छ।

Symbol Current Chng Chng %
1,365.78 24.47 1.82
3,599.58 116.55 3.35
1,714.94 87.60 5.38
2,870.58 75.53 2.70
2,254.66 105.76 4.92
62.05 1.75 2.91
10,080.54 384.38 3.96
5,206.19 112.96 2.22
4,486.67 113.87 2.60
13.72 0.19 1.41
8,294.75 348.53 4.39
1,553.46 41.98 2.78
1,949.54 47.08 2.47

यस दिन १० कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। हिमालयन ऊर्जा सानिमा लाइफ र सृजनशिल लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ।

यस दिन नेस्डो लघुवित्तको शेयरमूल्य १.०४ प्रतिशतले घटेको छ भने इस्टर्न हाइड्रोपावरको ०.८२ प्रतिशत र उपकार लघुवित्तको ०.४७ प्रतिशतले घटेको छ।

बिहीबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल दूरसञ्चार कम्पनीको १० करोड ९२ लाख, रिडी हाइड्रोपावरको १० करोड १४ लाख र एनआइसी एशियाको ९ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

Share Now

Leave a comment.