कीर्तिपुर(काठमाडौं), १५ पौष । नेपाल टी २० लिग अन्तरगत आज सम्पन्न खेलमा लुम्बिनी अल स्टार्सले ३५ रनले काठमाडौं नाइट्सलाई पराजित गरेको छ ।
यो विजयसंगै लुम्बिनी अल स्टार्सले प्रतियोगितामा पाँचौं जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिड. रोजेको लुम्बिनीले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रन मात्र जोडन सक्यो ।
काठमाडौंका लागि अज्मतुल्लाह ओमारजाईले सर्वाधिक ३८, सुमन गौतमले १८, एलेक्स ब्लेकले ११ र वसिर अहमदले १० रन जोड्दा कमल ऐरी १९ रनमा अविजित रहे ।
काठमाडौंलाई रोक्ने क्रममा लुम्बिनीका हर्मितसिंहले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चिएर ३ विकेट लिए । त्यस्तै किशोर महत्तो, सेड्ली भान स्केल्कवेक, तिलक भण्डारी र ह्यारि टेकटरले समान १ । १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो । लुम्बिनीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४०, लाहिरु मिलन्था २५, कुशल भुर्तेलले १९, अनिल साह १३ हर्मितसिंहले १२ जोड्दा सेड्ली भान स्केल्कवेकले (अविजित) २१ रन जोडे ।


















