विराटनगर(मोरङ), १५ पौष । नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुुनुभएको छ ।
शुक्रबार बिहान भएको निर्वाचनमा झापावाट निर्वाचित उद्धव थापाले मोरड.का केदार कार्की र अमृत अर्याललाई भारी मतले पराजित गर्नुभएको हो ।
मत परिणाम अनुसार उद्धव थापाले १८ मत पाउँदा केदार कार्कीले ९ तथा अमृत अर्यालले मात्र २ मत पाउनुभएको निर्वाचन समितिका रमेशजंग रायमाझीले जानकारी दिनुभएको छ ।
प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी २९ जना विजयी भएका छन । ् प्रदेश सभापति समेत रहनुभएका थापा पार्टीमा कृष्ण सिटौली निकट मानिनुहुन्छ ।


















