Prakash Adhikari January 20, 2023

सिमकोट(हुम्ला), ६ माघ । हुम्लामा बिहीबार साँझदेखि हिमपात सुरु भएको छ।

सदरमुकाम सिमकोटमा शुक्रबार बिहानैदेखि चहलपहल समेत घटेको छ।

यसअघिका वर्षहरुमा मंसिरदेखि नै हुम्लामा हिमपात हुने गरेको थियो। स्थानीयवासीका अनुसार उच्च हिमाली भेग लगायत जिल्ला सदरमुकाममा बाक्लो हिमपात भएको छ।

हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन्।

सिमकोटमा चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समेत समस्या भएको छ।

हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको छ।

 

Share Now

Leave a comment.