
काठमाडौं, ६ माघ । भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण प्रभावित भएको छ।
नेपालगञ्जबाट उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी विमानस्थलमा डाइभर्ट भएको छ।
यस्तै, नेपाल एयरलाइन्सको क्वालालम्पुरबाट आएको जहाज काठमाडौंमा अवतरण हुन नकस्दा कोलकाता डाइभर्ट भएको छ।
विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा भिजिबिलिटी एकदमै कम भएकाले जहाजहरु डाइभर्ट तथा होल्ड भएका हुन् ।
नेपाल एयरलाइन्सका सहप्रवक्ता गणेश घिमिरेका अनुसार काठमाडौंमा भिजिबिलिटी कम भएका कारण जहाज अवतरण हुन नसक्दा भारत डाइभर्ट गरिएको छ।
मुम्बईबाट काठमाडौं आइरहेको भिस्तारा एयरलाइन्स र दिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज आकाश मै होल्ड भइरहेका छन्।