Prakash Adhikari January 20, 2023

 

काठमाडौं, ६ माघ । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी की इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ।

बिहान बसेको रास्वपा संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 

सत्ता गठबन्धनले मुख्य पदको भागवण्डामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपसभामुख दिने समझदारी गरेको थियो ।

इन्दिरालाई उपसभामुखमा रास्वपाका सोविता गौतमले प्रस्ताव गर्नुभएको छ भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन रहनुभएको छ ।

Share Now

Leave a comment.