काठमाडौं, ६ माघ। नेपाली काँग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने भएको छ ।
शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारीसहित प्रभावशाली नेताहरूको बैठकले सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
काँग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएकी यादव समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधिसभामा निर्वाचित हुनभएको हो ।
काँग्रेसले सभामुख पदमा पनि महिला उम्मेदवार बनाएको थियो । पार्टीबाट उम्मेद्वार बन्नुभएकी ईश्वरीदेवी न्यौपानेलाई नेपाली कांग्रेसका अलवा प्रतिनिधि सभाका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।


















