Prakash Adhikari January 20, 2023

काठमाडौं, ६ माघ। काठमाडौंको त्रिभुवन विमानस्थलमा भिजिबिलिटी बढेसंगै जहाजको उडान र अवतरण नियमित हुन गएको छ ।

काठमाडौं विमानस्थलमा बिहान भिजिविलिटी १ हजार ५ सय मिटर भन्दाकम थियो । भिजिबिलिटी कम भएकोले विमानस्थलले जहाजको उडान र अवतरण रोकेको थियो । बिहानका अधिकांश आन्तरिक र बाह्य उडानका जहाजको उडान प्रभावित भएको थियो भने बाहिरबाट आएका जहाजहरुको उडान डाइभर्ट गर्नुपरेको थियो ।

विमानस्थल कार्यालयले भिजिविलिटी बढेपछि उडान र अवतरण दुवै अनुमति दिएको छ । भिजुअल फ्लाइट रुल्सबाट जहाजहरु अवतरण गराउनु परेकोले केही जहाजहरु आकाशमा लाइनमा बस्नु परेको थियो ।

विमानस्थल कार्यालयले होल्डमा रहेका सबै जहाज अवतरण भइसकेको जनाएको छ ।
आज बिहान नेपालगन्जबाट आएको श्री एयरलाइन्सको जहाजलाई भद्रपुर पठाइएको थियो ।

क्वालालाम्पुरबाट आएको जहाजलाई कोलकाता पठाइएको थियो । मुम्बईबाट काठमाडौं आइरहेको भिस्तारा एयरलाइन्स र दिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज आकाश मै होल्ड भएका थिए । अहिले होल्ड भएका जहाजहरु अवतरण भैसकेका छन् ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*