काठमाडौं, ८ माघ । बुद्ध एयरका प्रबन्धनिर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरले हवाइ उडानलाई थप सुरक्षित बनाउने गरी आकस्मिक, नियमित र आवधिक प्राविधिक परीक्षण र मर्मत संभारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
आइतबार राजधानीमा आयोजना गरेको विमानको मर्मतसम्भार र सञ्चालनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै बुद्ध एयरका प्रवन्ध निर्देशक बस्नेतले सो कुरा बताउनुभएको हो । उहाँले हवाइ यात्रालाई थप सुरक्षित बनाउन भविष्यमा आउनसक्ने चुनौतीको सामना गर्नेगरी काम गरिरहेको बताउनुु भयो।
उहाँले नेपालको निजी हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयर विमानको मर्मतसम्भार र सञ्चालनका हिसावले सुरक्षित रहेको दावी गर्नुभयो। बुद्ध एयरले वित्तीय कारोबार तथा सूचनालाई पारदर्शी राख्ने भएकोले यसले यात्रुबाट सधैं माया पाउदै आएको पनि बताउनुभयो ।
Kathmandu https://t.co/WwqS93MI4H via @Facebook
— Prakash Adhikari (@Prakash82846939) January 22, 2023
गत माघ १ गते भएको यति एअरलाइन्सको हवाइ दुर्घटनापछि हवाइ उडानलाई थप सुरक्षित बनाउनको लागि बुद्ध एयरले विमान मर्मतलगायतका विषयमा थप कडाइका साथ काम थालनी गरेको पनि बताउनुभयो।उहाँले नेपालमा पछिल्लो समय भइरहेका हवाइ दुर्घटनाले थप चुनौती थपेकाले त्यस्तो दुर्घटना हुन नदिने विषयमा बुद्ध एयर सचेत रहेको पनि बताउनुभयो।
प्रबन्ध निर्देशक बस्नेतले बुद्ध एयरले कुनैपनि प्राविधिक तथा अन्य सूचनाहरु लुकाउने नगरेको दावी गर्नुभयो।
उहाँले हवाइ उडान र उडानको प्राविधिक पक्षको विषयमा नागरिक उड्डयन प्राधिकरणसँग निरन्तर सहकार्य रहेको भन्दै हवाइ उडानका हरेक काम गर्दा प्राधिकरणलाई जानकारी गराउने गरेको पनि दावी गर्नुभयो । उहाँले बुद्ध एयरको २५ वर्षको अनुभवमा नागरिक उड्डयनसँगको सहकार्य अनुपम र फलदायी रहेको बताउनुभयो।
बुद्ध एयरको अन्तर्क्रिया कार्यक्रममा प्राविधिकहरुले विमानका पार्टपूर्जाहरु निश्चित अवधि( उडान घण्टा वा उडान साइकल ं पूरा गरेपछि अनिवार्य रुपमा फेर्नपर्ने भएकोले विमानहरु पुराना नहुने पनि बताउनुभएको थियो।
बुद्ध एयरले हवाइ उडानलाई सुरक्षित बनाउनको लागि विमान मर्मत र पार्टपुर्जाको लागि अर्बौं लगानी गरेको पनि दावी गरेको छ ।


















