Prakash Adhikari January 29, 2023

काठमाडौं, १५ माघ । नेपालको शेयर बजार आज आरालो लागेको छ । आव धितोपत्र बजार परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.६८ अङ्कले घटेर २१६८.५३ मा रोकिएको छ।

साताको पहिलो दिन २ सय ६७ कम्पनीका कुल ८२ लाख ७६ हजार ७ सय ५१ कित्ता शेयरको खरिदबिक्रीबाट रू. ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९ सय ५६ रुपैया ४७ पैसा मूल्यको कारोबार भएको थियो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।

Symbol Current Chng Chng %
1,393.79 -7.35 -0.52
3,788.55 -61.35 -1.59
1,813.41 -37.72 -2.04
3,382.24 6.88 0.20
2,718.63 -8.89 -0.33
2,718.59 -8.93 -0.33
68.14 -1.22 -1.77
11,063.08 37.96 0.34
5,226.49 -13.27 -0.25
4,780.86 -41.88 -0.87
14.77 -0.09 -0.59
9,479.69 -8.71 -0.09
1,542.21 -20.64 -1.32
2,312.13 -25.15 -1.08

कारोबार भएकामध्ये कूल ४८ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १ सय ६१ कम्पनीको मूल्यमा गिरावट भएको छ। त्यस्तै, ४ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

आज शेयर बजार ओरालो लागे पनि लुडिबनी जनरल इन्स्योरेन्स, बराही हाइड्रो, इस्टर्न हाइड्रो पावर, आदर्श लघुवित्त, सूर्यज्योति लाइफ इन्स्योरेन्स, सयपत्री हाइड्रो, स्वेतगंगा हाइड्रो,युनाइटेड इदिमर्दी हाइड्रो, आइएमई जनरल इन्स्योरेन्स र चिलिमे हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको भन्दा बढेको छ ।

यस दिन समृद्धि फाइनान्स,सिभिल लघुवित्त, सूर्योदय ओमी लघुवित्त वित्तीय संस्था, घलेम्दी हाइड्रो, गणपति माइक्रो फाइनान्स, सगरमाथा इन्स्योरेन्स,ग्रीन भेञ्चर,एसबीआई, कुमारी बैंक डिबेञ्चर ८६ र नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ ।

Top Losers

कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स शीर्षस्थानमा छ। यस कम्पनीको रु ९ करोड ९९ लाख ४ हजार ३ सय ९२ बराबरको कारोबार भयो। हिमालयन ऊर्जा विकास कम्पनी ९ करोड २१ लाख १८ हजार ७ सय ४२, एनआइसी एशिया बैंकको ७ करोड १३ लाख १८ हजार ३ सय १, आँखुखोला जलविद्युत् कम्पनीको ६ करोड ८३ लाख ७० हजार र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ६२ लाख ४७ हजार ७ सय ९३ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन धेरै कारोबार हुने थप कम्पनीमा हिमाल दोलखा हाइड्रोपावर,रिडी,जलविद्युत लगानी तथा विकास कम्पनी,अपि पावर र उपकार लघुवित्त वित्तीय संस्था रहेका छन् ।

 

Share Now

Leave a comment.