Prakash Adhikari January 29, 2023

काठमाडौं, १५ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध प्रदर्शन भएको छ ।

काठमाडौंबासीले आइतबार माइतीघर मण्डलामा महानगरका मेयर शाहले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएर आतंक मच्चाएको भन्दै विरोध गरेका छन् ।

उनीहरुले डोजर आतंक बन्द गर, महानगरको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठीबास गर्न पाइँदैन, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर जस्ता नारा लेखेको प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।

प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी हुनुभएको थियो । गत वैशाखमा भएको स्थानीय निकायको निर्वाचनमा मेयरका प्रत्यासी सायमी बालेनको विजयोत्सवमा सँगै हुनुहुन्थ्यो ।

Share Now

Leave a comment.