Prakash Adhikari January 29, 2023

काठमाडौं, १५ माघ । एनआईबीएल एस क्यापिटल लिमिटेडले ४ अर्ब रूपैयाँभन्दा ठूलो आकारको लगानी व्यवस्थापन गरेको छ । वि.स.२०७१ सालदेखि सुरुवात भएको लगानी व्यवस्थापन सेवामा १ हजार १ सय भन्दा बढी ग्राहक आबद्ध छन् ।

एनआईबीएल एस क्यापिटलले विगत ८ बर्ष अघिदेखी सुरुवात गरेको यस सेवा अन्तरगत लगानीकर्ताहरुलाई व्यक्तिगत र संस्थागत लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्राहकले कम्पनी प्रति देखाएको विश्वास र यस सेवामा आवद्ध भई लगानी व्यवस्थापन सेवा मार्फत प्राप्त गर्दै आइरहेको मुनाफा र ग्राहकको हितलाई नै सर्वोपरि ठानी कार्य गर्ने कुशल लगानी व्यवस्थापकहरुको कारण यो ४ अर्बको आकारको कोशेढुङ्गा प्राप्त गर्न कम्पनी सफल भएको बताएको छ ।

आगामी दिनहरुमा पनि लगानीकर्ताहरुको साथ, सहयोग, सदभाव र विश्वासलाई मध्यनजर गर्दै कम्पनीले सेवालाई थप परिस्कृत, प्रविधिमैत्री, तथा प्रतिफलयुक्त सेवाको रुपमा विकास गर्दै लैजाने यस क्यापिटलले जनाएको छ ।

Share Now

Leave a comment.