पोखरा(कास्की), १८ पौष । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा भएको छ।
नेपाल क्रिक्रेट संघ (क्यान) को पोखरामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेको हो।
सन्दीपमाथि यौन दूराचारको उजुरी परेर पक्राउ पूर्जी जारी भएसग गत भाद्रमा क्यानले उनलाई निलम्बन गर्दै खेलमा प्रतिबन्ध लगाएको थियो । सन्दीपको कप्तान पद पनि निलम्बनमा परेसंगै गुमेको थियो।
क्यानका बोर्ड सदस्य वीरेन्द्रबहादुर चन्दले उनीमाथिको प्रतिबन्ध हटाइएको जानकारी दिनुभयो ।


















