Prakash Adhikari February 2, 2023

 

काठमाडौं, १९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ ।

बैठकले पार्टीको विधान बमोजिम पूर्वअध्यक्ष डा।. प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी र सरकारबीच समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति गठन गरेको छ ।

आगामी २०८० बैशाख १ गतेदेखि सक्रिय सदस्य वितरण अभियान सञ्चालन गरिने निर्णयसमेत बैठकले गरेको छ ।

 

Share Now

Leave a comment.