Prakash Adhikari February 6, 2023

काठमाडौं, २३ माघ । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ।

राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट अर्यालको मात्रै उम्मेदवारी परेको थियो। उहाँलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षमा रहेका अन्य दलहरुको पनि समर्थन थियो ।

सोमबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले माओवादी केन्द्रकी स्थायी समिति सदस्य अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो।

उहाँलाई राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित गराइयोस् भन्ने प्रस्ताव उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गर्नुभएको थियो।

उक्त प्रस्तावमा नेकपा एमालेका देवेन्द्र दाहाल र अर्का सांसद खिमलाल देवकोटाले समर्थन गरेका गर्नुभएको थियो।

राष्ट्रिय सभा अध्यक्ष गणेप्रसाद तिमल्सिनाले उर्मिला अर्याललाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि उहाँ सर्वसम्मतिले विजयी हुनुभएको हो।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो।

राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन्। यस्तै, नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी) का ८, जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद हुनुहुन्छ।

Share Now

Leave a comment.