काठमाडौं, २५ माघ । मङ्गलबार उकालो लागेको नेपालको शेयर बजार बुधबार ओरालो लागेको छ ।
आज धितोपत्र बजार परिसूचक ७.१६ अङ्कले घटेर २१७०.१८ बिन्दुमा रोकिएको छ ।
आज २ सय ५७ वटा कम्पनीको १ करोड ५ लाख२ हजार ६ सय ४९ कित्ता शेयरको किनबेचबाट रु ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८ सय १७ रुपैया १५ पैसाको कारोबार भएको छ ।
आज नेपाल स्टक एक्सचेञ्जमा वर्गीकृत १३ उपसमूह मध्ये अन्य समूहको उपसूचक ७.७५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
| Symbol | Current | Chng | Chng % |
|---|---|---|---|
| Banking SubIndex | 1,401.64 | -0.41 | -0.03 |
| Development Bank Index | 3,836.96 | -22.62 | -0.59 |
| Finance Index | 1,828.80 | -35.71 | -1.92 |
| Hotels And Tourism Index | 3,308.76 | -49.71 | -1.48 |
| HydroPower Index | 2,711.32 | -27.36 | -1.00 |
| Investment Index | 68.81 | -0.03 | -0.04 |
| Life Insurance | 10,931.56 | -61.50 | -0.56 |
| Manufacturing And Processing | 5,364.88 | -41.90 | -0.77 |
| Microfinance Index | 4,704.31 | -17.87 | -0.38 |
| Mutual Fund | 14.65 | -0.06 | -0.41 |
| Non Life Insurance | 9,389.57 | -28.54 | -0.30 |
| Others Index | 1,546.60 | 7.75 | 0.50 |
| Trading Index | 2,309.55 | 1.13 | 0.05 |
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५८.६३ र होटल तथा पर्यटन समूहको उपसूचक ४९.७१ अङ्कले घटेको नेप्सेले जनाएको छ ।
त्यस्तै बैंकिङ समूह ०.७९, विकास बैंक समूह २२.६२, वित्त समूह ३६.२५, जलविद्युत् समूह २७.३६ र लगानी समूह ०.१० अङ्कले घटेको छ । उत्पादन तथा प्रशोधन समूह ४१.९०, लघुवित्त समूह १६.५७, म्युचुअल फन्ड समूह ०.०७, निर्जीवन बीमा समूह २८.५४ र व्यापार समूह ११.५० अङ्कले घटेको छ ।
आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता तीन दशमलव ३२ प्रतिशतका दरले कमाएका छन् ।
अन्य शेयर मूल्य बढेका कम्पनीहरुमा धौलागिरि लघुवित्त,राँधी हाइड्रोपावर, प्राइम लाइफ इन्स्योरेन्स, सबैको लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया फ्लेक्सी क्याप, ड.ादी, नेपाल बैंक लिमिटेड, जोशी पावर र सिटिजन्स म्युचुअल फण्ड २ रहेका छन् ।
Top Gainers
यस दिन शेयरको मूल्य सबैभन्दा धेरै घटेका कम्पनीहरुमा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, ग्रीन भञ्चर्स,राष्ट्रउत्थान लघुवित्त, हिमालयन पावर पार्टनर,मन्दाकिनी हाइड्रो,सेन्ट्रल फाइनान्स, आईसीएफसी, युनियन हाइड्रो र माउन्टेन हाइड्रोपावर रहेका छन् ।
Top Losers
यस दिन सर्बाधिक रकमको कारोबार नेपाल पुनर्बीमा कम्पनीले गरेको छ । उसले रु ११ करोड २८ लाख ६८ हजार २ सय ७१ रुपैया बराबरको शेयर किनबेच भएको छ । अधिक कारोबार हुने अन्य कम्पनीहरुमा अपि पावर,ड.ादी ग्रुप पावर लिमिटेड, एनआईसी एशिया बैंक,शिभम् सिमेण्टस्, एभरेष्ट बैक लिमिटेड, नेशनल हाइड्रो पावर कम्पनी, जलविद्युत लगानी तथा विकास कम्पनी, तारा गाउँ रिजेन्सी होटल र राँधी हाइड्रोपावर रहेका छन् ।


















