काठमाडौं, २५ माघ । नेपालमा ८०००मिटर माथिको ृउचाईँ भएका हिमालको संख्या १४ छ । तर ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय संघ,संस्था र मञ्चबाट मान्यता दिलाउन भने सरकार उदासिन रहेको देखिएको छ ।
हालसम्म विश्व पर्वतारोहण मञ्च र नेपालका पाठ्यपुस्तक लगायत सामान्य ज्ञानका पुस्तकहरुमा पनि विश्वका ८ हजार मिटर माथिको उचाईँ भएका हिमालहरुको संख्या १४ वटा रहेको र त्यस मध्ये ८ वटा नेपालमा रहेको कुरा उल्लेख हुँदै आएको छ ।
तर नेपालका पर्वतारोहीहरुले भने नेपालमा नै ८ हजार मिटरमाथिको उचाईँ भएका हिमालहरुको संख्या १४ रहेको र नेपाल सरकारले मान्यता दिइसकेको तर अन्तर्राष्ट्रिय मञ्चहरुमा यसको मान्यता दिलाउन सक्रिय नभएको आरोप लगाएका छन् ।
यही माघ २२ गते नेपाल पर्यटक पत्रकार मञ्च नेपाल(जाट- नेपाल)ले आयोजना गरेको कार्यक्रममा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष, पर्वतारोही तथा पर्यटनविद् आड.छिरिड. शेर्पाले भन्नुभयो,नेपाल सरकार र पर्वतारोही समुदायले ८०००मिटर माथिको हिमालहरूको मापदण्ड पूरा भएका नेपालका १४ वटा हिमालहरू आरोहणका लागि खुला गरिसकेका छन् । पर्वतारोहीले ती हिमालहरु मध्ये १३ वटाको सफल आरोहण गरि पनि सकेका छन् । एक हिमालको आरोहण हुन भने बाँकी छ । हालसम्मा यालुङ खाङ वेस्ट हिमालको सफल आरोहण भएको छैन ।
पर्वतारोही तथा पर्यटन विद् शेर्पाका अनुसार नेपाल सरकारले ८५०५ मिटर उचाईँ भएको यालुङ खाङ (जसले अन्तरराष्ट्रिय मान्यता प्राप्त गर्न बाँकी नै छ) हिमालको प्रथम आरोहण नुमति सन् १९७३ सालको बसन्तमा दिएको थियो । जापानिज आरोहण दलको नेतृत्व गर्नुभएका हराऊ हिगचीलाई आरोहण अनुमति दिएपछियुताका अगेरा र ताकोअ मात्सुदाले सन् १९७३ मे १४ का दिन यालुङ खाङको दक्षिण(पश्क्षिम् मोहडाबाट सफल आरोहण गरेका थिए ।
यालुङ खाङ हिमाल हालसम्म ५३ आरोहिहरूले सफल आरोहण गरि सकेको तथ्याङ्क छ। यालुङ खाङ वेस्ट(८०७७मिटर)लाई पनि नेपाल सरकारले सन् २०१४ मा आरोहणको लागि खुल्ला गरेको थियो ।
नेपालमा भएका १४ वटा ८,०००मिटर भन्दामाथिका हिमालमध्ये ८ वटाले मात्र अन्तरराष्ट्रिय मान्यता पाएको छ । पर्वतारोही तथा पर्यटन विद् शेर्पा भन्नुहुन्छ, “थप ६ वटाले पनि अन्तर्राष्ट्रिय मान्यता पाँउनु पर्छ भनेर धेरै अगाडिदेखि नै अभियान चलाई रहेका छौं । यो अभियन सफल भयो भने पर्यटन क्षेत्र मात्र होईन समग्र नेपाल राष्ट्रलाई नै विश्वसामु चिनाउँन एउटा ठूलो औजारको रूपमा प्रयोग गर्न सकिन्छ । पर्वतारोहण गतिविधि बढाएर यसबाट नेपालमा समृद्धि ल्याउँछ सकिन्छ । त्यसैले यो अभियनलाई सफल पार्न प्रत्येक नेपालीको महत्वपूर्ण भूमिका रहन्छ ।”
कहाँ छन त हिमालहरु ?

पर्वतारोहण संघका पूर्व अध्यक्ष एवम् विश्व पर्वतारोहण संघका मानार्थ सदस्य शेर्पाका अनुसार अन्तर्राष्ट्रिय मान्यता पाउन बाँकी रहेका ८ हजार मिटर माथिको उचाई भएका ६ वटै हिमालहरु प्रदेश नं १ मा रहेका छन् ।
यी हिमालहरुमा यालुड.खान ८५०५ मिटर, कञ्चनजंघा सेन्ट्रल ८४७३,(नेपाल र भारतको सीमावर्ति क्षेत्र), कञ्चनजंघा साउथ ८४७६,यालुड.खाड. वेष्ट ८०७७ मिटर,ल्होत्से मिडल ८४१३ मिटर र ल्होत्से सार ८ हजार ४ सय मिटर रहेका छन् ।




विश्व मान्यता पाएका नेपालका ८ सहित १४ वटा हिमालहरु
विश्व पर्वतारोहण संघ लगायत पर्वतारोहणसंग सम्बन्धित संस्थाहरुले मान्यता दिएका ८ हजार मिटर माथिका हिमालमा नेपालका सगरमाथा ८,८४८.८६ मिटर, कञ्चनजंघा ८,५८६ मिटर,मकालु ८,४८३ मिटर,ल्होत्से ८,५१६ मिटर,चोयू ८,२०१ मिटर,मनास्लू ८,१६३ मिटर ,अन्नपूर्ण १(८,०९१ मिटर) र धौलागिरी ८,१६७ मिटर छन् । त्यस्तै अन्य हिमालमा शिशा पाड.मा ८,०२७ मिटर(तिब्बत चीन),माउण्ट के टू ८,६११ मिटर (पाकिस्तान), ग्यासेरब्रुम १(८,०८० मिटर, पाकिस्तान र चीनको सीमा) ग्यासेरब्रुम २( ८,०३५ मिटर पाकिस्तान) र नड.गा पर्वत ८,१२६ मिटर(पाकिस्तान) रहेका छन् ।



























