देउखुरी(दाड.), २८ माघ। लुम्बिनी प्रदेशका विनाविभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिनुभएको छ ।
मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै उहाँले आज मुख्यमन्त्री लिला गिरीसमक्ष राजीनामा दिनुभएको हो।
गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गर्नुभएको थियो।
मुख्यमन्त्री लिला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गरेको उहाँको निजी सचिवालले जनाएको छ। नेकपा (माओवादी केन्द्र)का तर्फबाट विनाविभागीयमन्त्री बन्नुभएकी केसीको राजीनामा सरकारसँगको असन्तुष्टिका कारण नभएको मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताउनुभयो।
प्रवक्ता आचार्यले भन्नुभयो, “मन्त्री केसीको राजीनामा उहाँको पार्टीभित्रको समस्या होला, सरकारसँगको असहमतिबाट होइन।”
मुख्यमन्त्री गिरी गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। उहाँले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत पाउनुभएको थियो।


















