देउखुरी(दाङ), २९ माघ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियतको शपथ आज हुने भएको छ ।
प्रदेश प्रमुख सचिवालयका अनुसार दिउँसो १ बजेका पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको छ ।
मुख्यमन्त्री लीला गिरीले सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिबार सरकारलाई पूर्णता दिनुभएको थियो ।
लुम्बिनीका मुख्यमन्त्री गिरीले जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, चेतनारायण आचार्य खानेपानी, इन्द्रजित थारू भैतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य, कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय मन्त्री नियुक्त गर्नुभएको छ ।
यसैगरी, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था र चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्रीहरुले आज शपथ लिई पदबहाली गर्ने कार्यक्रम छ ।


















