कीर्तिपुर(काठमाडौं), २ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत नेपाल र नामिबिया बीच भएको आजको खेलमा नामिबियाले नेपाललाई २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस जितेको नेपालले फिल्डिड. रोजेको थियो । टस हारेर पहिले ब्याटिड. गरेको नामिबियाले ५० ओभरको निर्धारित खेलमा २ सय ८५ रन बनायो ।
नामिबियाका लागि माइकल भान लिड.गेनले सर्वाधिक १ सय ३३ रन बनाए । त्यस्तै क्याप्टेन गेरहार्ड इरास्मसले ५६, जान ग्रीनले ३४,कार्ल ब्रेकिस्टन र जान फ्यालिड.कले १३ ।१३, रुबेल ट्रम्पल म्यानले ११, जान निकोल लोफ्टी एटनले ८,लो हार्डी लरेन्सले ५ , पिकिया फ्रान्सले २ र टांगेनी लुंगामेनीले १ रन जोडेका थिए ।
नामिबियालाई रोक्ने क्रममा नेपालका करन के.सी.ले ५,सन्दीप लामिछानेले ३, सोमपाल कामी र कुशल मल्लले १। १ विकेट लिएका थिए ।
नेपालका सोमपाल कामीले तेस्रो ओभरको पाँचौ बलमा नामिबियाका लो ह्यान्ड्रिस लोसेन्सलाई आउट गरेर पहिलो विकेट लिएका थिए । त्यसपछि ११ औं ओभरको दोस्रो बलमा सन्दीप लामिछानेले अर्को विकेट लिएर कार्ल ब्रिकेनस्टोकलाई मैदान बाहिर पठाए । तेस्रो विकेट लिन भने नेपालले लामो समयको प्रतिक्षा गर्नुपर्यो । ३७ औं ओभरको पहिलो बलमा कुशल मल्लले विकेट लिंदै गेरहार्ड इरास्मसलाई मैदानबाहिर पठाए । ४० औं ओभरको अन्तिम बलमा करन के.सी.ले जान चौथो विकेट लिंदै निकोल लफ्टि इटनलाई मैदानबाट बाहिर पठाए ।
नेपालले खेलको उत्तरार्धमा ४५ ओभर पछि नेपालले ६ विकेट लियो । ४५ औं ओभरको पहिलो बलमा करनले जोन फ्रयांकलिनको विकेट लिए । ४७ ओभरको अन्तिम बलमा उनैले भान लिंगेनको विकेट लिए । ४९ ओभरको पहिलो बलमा लामिछानेले पिंकी या फ्रान्सको विकेट लिए भने सोही ओभरको अन्तिम बलमा रुवेन ट्रम्पलमेनको विकेट लिए । ५० औं ओभरको चौथो बलमा करनले जाने ग्रीन र अन्तिम बलमा बर्नाड शोल्जको विकेट लिए ।


















