Prakash Adhikari February 16, 2023

काठमाडौं, ४ फागुन । मोलुङ्ग हाइड्रोपावर लिमिटेडले आज बिहीबार (फागुन ४ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजीको ८० करोड २५ लाख रुपैयाँको ४४ प्रतिशतले दरले हुने आउने ३५ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये १० प्रतिशत अर्थात ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५०० किता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरिसकेको छ । बाँकि रहेको ३४ प्रतिशत अर्थात २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये पनि १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २ प्रतिशत अर्थात ५४ हजार ५ सय ७० कित्ता शेयर कम्पनीका कार्यरत कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४ सय २५ कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने २२ लाख ६४ हजार ६ सय ५५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

हाल कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ, जारी पूँजी ८० करोड २५ लाख रुपैयाँ र चुक्ता पूँजी ४४ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले ओखलढुंगामा ७ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र सर्वसाधारणमा आईपीओ निष्काशन गरी बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

Share Now

Leave a comment.