Prakash Adhikari February 16, 2023

काठमाडौं, ४ फागुन । माघ १ गते ७२ जनाको ज्यान जानेगरी पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको जाँच गर्न गठित आयोगले बुधवार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेसँगै दुर्घटनाको कारणाबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ।

आयोगका अनुसार बुधवार सार्वजनिक प्रतिवेदन प्रारम्भिक मात्र भएकाले थप अध्ययन जारी रहनेछ।

प्रतिवेदनमा आयोगले मानवीय कमजोरीका कारण ‍दुर्घटना भएको हुनसक्ने सङ्केत गरेको छ तर त्यस्तो निष्कर्ष भने निकालेको छैन।

उक्त प्रतिवेदनको अध्ययन गरेका एक वरिष्ठ विमानचालकले प्रतिवेदनको विवरण हेर्दा यान्त्रिक गडबडीले दुर्घटना भएको जस्तो देखिएको बीबीसीलाई बताउनुभएको छ।

यद्यपि आयोगका सदस्यहरूका भनाइमा ‘दुर्घटनाको मुख्य कारण पत्ता लगाउन थप अध्ययन आवश्यक’ देखिएको छ।

उक्त दुर्घटना नेपालको आन्तरिक उडानमा भएको सबैभन्दा घातक विमान दुर्घटना हो।

प्रतिवेदनमा के छ ?
बुधवार सार्वजनिक प्रारम्भिक प्रतिवेदनमा आयोगले उक्त जहाजको विवरणदेखि त्यस दिन त्यो जहाजले गरेका उडानहरूको विवरण समेटेको छ।

त्यस्तै चालकलगायतको व्यक्तिगत विवरण, मौसमसम्बन्धी जानकारी, जहाज दुर्घटना भएको स्थानको जानकारी, फ्लाइट रेकर्डरमा भएका विवरणका अंशजस्ता कुराहरू प्रतिवेदनमा समाविष्ट छन्।

फ्लाइट डेटा रेकर्डर (एफडीआर) तथा ककपिट भोइस रेकर्डर (सीभीआर) मा रेकर्ड भएका विवरणका आधारमा काठमाडौं विमानस्थलबाट उडेर पोखरामा दुर्घटना हुँदाका बेलासम्मका घटनाक्रमलाई प्रतिवेदनमा क्रमैसँग उल्लेख गरिएको छ।

उक्त प्रतिवेदनले उडान सुरक्षासम्बन्धी अन्तरिम सिफारिस दिनुका साथै विस्तृत अनुसन्धानका लागि दायरा पनि तय गरेको छ।

पोखरामा विमान दुर्घटना

पोखरामा विमान दुर्घटना

प्रतिवेदनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा तत्कालका लागि प्रवेशबिन्दु रनवे ुवनटूुतर्फबाट उडान गर्नेबारेमा त्यहाँको अध्ययन गराएर मात्र गराउन नेपाल नागरिक उड्डययन प्राधिकरणलाई सिफारिस पनि गरिएको छ।

अब आयोगले सोही दायरामा केन्द्रित भएर अनुसन्धान गर्ने आयोगका सदस्यसचिव बुद्धिसागर लामिछाने जानकारी दिनुभएको छ।

रेड लाइन
थप अनुसन्धान केमा केन्द्रित हुन्छ ?
प्रारम्भिक प्रतिवेदनमै अबको अनुसन्धानको दायरा के हुन्छ भन्ने उल्लेख गरिएको छ।

त्यसमा उल्लेख भएको विवरणअनुसार उक्त जहाज अवतरण गर्ने बेलामा जहाजका दुवै इन्जिनका प्रोपेलरहरू फेदरको अवस्थामा किन गए भन्ने भन्ने एउटा दायरा तय गरिएको छ।

त्यस्तै दोस्रो दायरामा त्यस्तो अवस्था आउनुमा मानवीय कारण थियो कि भन्ने हेरिनेछ।

तेस्रो दायराका रूपमा स्वचालित नभई विमानचालक आफैँले हेरेर जहाज अवतरण गराउने प्रवृत्ति तथा पोखरामा आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल एकसाथ सञ्चालनसम्बन्धी कुरालाई पनि दुर्घटनासँग जोडेर अनुसन्धान गरिनेछ।

नेपालमा भएका विमानस्थल

“अबको हाम्रो अनुसन्धान यी तीनवटा विषयमा केन्द्रित हुनेछ। त्यसका लागि हामीले अन्तर्राष्ट्रिय विज्ञहरू वा प्रविधिको सहयोग लिनुपरे पनि लिन्छौँ  “, आयोगका सदस्यसचिव लामिछानेले भन्नुभयो।

एक साताअघि नै उक्त आयोगले वक्तव्यमार्फत् जहाज दुर्घटनामा पर्नुको प्रारम्भिक कारण बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिएको जनाएको थियो।

अहिलेको प्रारम्भिक प्रतिवेदनमा त्यो अवस्था आउनुपूर्व चालकहरूबीच भएको संवाद र त्यसपछिको संवादलाई समेत उल्लेख गर्दै त्यसको विस्तृत विवरण दिइएको छ।


विमानचालकहरुको बसाईको अवस्था

प्रतिवेदनका अनुसार उक्त जहाजका मुख्य चालक क्याप्टेन कमल केसी सहचालकको सीटमा बस्नुभएको थियो भने सहचालक अञ्जु खतिवडा मुख्य चालकको सीटमा।

प्रशिक्षक पाइलट समेत रहेका केसीले खतिवडालाई निर्देशन दिइरहनुभएको थियो।

तर अन्तिम अवस्थासम्म पनि ‘इन्जिनमा पावर नआएपछि’ केसीले नै जहाज अवतरणको ‘कमान्ड” सम्हाल्नुभयो।

यती एअरलाइन्स

यती एअरलाइन्स
कतिपयले मुख्य विमानचालक सहचालकको सीटमा बसेर निर्देशन दिएको कुरामाथि पनि प्रश्न उठाएका छन्।

यद्यपि वरिष्ठ पाइलट वाईके भट्टराई  उडान संस्कृतिमा त्यो नौलो कुरा नभएको बताउनुहुन्छ।

“यो हवाई संस्कृतिबारे जानकारी नभएकाले मात्र भन्ने कुरा हो। यस्तो चलनलाई सामान्य मानिन्छ”, उहाँले भन्नुभयो।

उहाँ आफूले पनि अरू विमानचालकलाई त्यसरी प्रशिक्षण दिएको बताउनुहुन्छ।

 

प्रतिवेदनका थप कुरा

आयोगको प्रारम्भिक प्रतिवेदनले यसअघि सार्वजनिक भइसकेका कतिपय कुराहरूलाई पुष्टि गरेको छ।

जस्तो पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमी प्रवेशबिन्दु अर्थात् धावनमार्ग ुवनटूु बाट अवतरण गर्न उक्त विमानले मागको कुरा यसअघि नै सार्वजनिक भएको थियो।

नेपालमा भएका विमान दुर्घटनामा मृत्यु

ASN Aviation Safety Database

 68 occurrences in the ASN safety database
date type registration operator fat. location pic cat
15-JAN-2023 ATR 72-500 (72-212A) 9N-ANC Yeti Airlines 72 near Pokhara Internat… A1
29-MAY-2022 DHC-6 Twin Otter 300 9N-AET Tara Air 22 Sanosware A1
14-APR-2019 Let L-410UVP-E20 9N-AMH Summit Air 1+ 2 Lukla-Tenzing-Hi… A1
09-JUN-2018 DHC-6 Twin Otter 300 9N-AEV Tara Air 0 Jumla Airport (JUM) A2
16-MAY-2018 Cessna 208B Grand Caravan 9N-AJU Makalu Air 2 Bahun Khark A1
12-MAR-2018 DHC-8-402Q Dash 8 S2-AGU US-Bangla Airlines 51 Kathmandu-Tribhu… A1
28-NOV-2017 DHC-6 Twin Otter 300 9N-ABM Tara Air 0 Simikot Airport … A2
30-MAY-2017 PZL-Mielec M28 Skytruck NA-048 Nepal Army 1 Bajura Airport (… A1
27-MAY-2017 Let L-410UVP-E20 9N-AKY Summit Air 2 Lukla-Tenzing-Hi… A1
24-SEP-2016 BAe 4101 Jetstream 41 9N-AIB Yeti Airlines 0 Bhairawa Airport… A1
04-AUG-2016 Cessna 208B Grand Caravan 9N-AKC Makalu Air 0 near Simikot A2
24-FEB-2016 Viking Air DHC-6 Twin Otter 400 9N-AHH Tara Air 23 Dana, Myagdi dis… A1
04-MAR-2015 Airbus A330-303 TC-JOC THY 0 Kathmandu-Tribhu… A1
16-FEB-2014 DHC-6 Twin Otter 300 9N-ABB Nepal Airlines 18 near Sandhikhark A1
01-JUN-2013 Dornier 228-202K 9N-AHB Sita Air 0 Simikot Airport … A2
27-MAY-2013 Cessna 208B Grand Caravan 9N-AJU Goma Air 0 Simikot Airport … A2
16-MAY-2013 DHC-6 Twin Otter 300 9N-ABO Nepal Airlines 0 Jomsom Airport (… A1
28-SEP-2012 Dornier 228-202 9N-AHA Sita Air 19 near Kathmandu-Tribhu… A1
21-SEP-2012 DHC-6 Twin Otter 300 9N-ABQ Tara Air 0 Dolpa Airport (DOP) A2
14-MAY-2012 Dornier 228-212 9N-AIG Agni Air 15 near Jomsom Airport (… A1
21-NOV-2011 Cessna 208B Grand Caravan 9N-AJM Makalu Air 0 Talcha Airport A1
18-OCT-2011 BN-2T Turbine Islander RAN-49 Nepal Army 6 Dhorpatan, Bowan… A1
25-SEP-2011 Beech 1900D 9N-AEK Buddha Air 19 near Kathmandu-Tribhu… A1
15-DEC-2010 DHC-6 Twin Otter 310 9N-AFX Tara Air 22 near Sri Chaur Villag… A1
24-AUG-2010 Dornier 228-101 9N-AHE Agni Air 14 near Bastipur, Shikha… A1
19-APR-2010 DHC-6 Twin Otter 300 9N-ABX Nepal Airlines 0 Kangel Danda Air… A2
08-OCT-2008 DHC-6 Twin Otter 300 9N-AFE Yeti Airlines 18 Lukla-Tenzing-Hi… A1
03-JUL-2006 DHC-6 Twin Otter 300 9N-AFE Yeti Airlines 0 Bajura Airport (… A2
21-JUN-2006 DHC-6 Twin Otter 300 9N-AEQ Yeti Airlines 9 near Jumla Airport (JUM) A1
30-JUN-2005 Dornier 228-201 9N-AEO Gorkha Airlines 0 Lukla Airport (LUA) A1
25-MAY-2004 DHC-6 Twin Otter 300 9N-AFD Yet1i Airlines 3 near Lukla A1
22-AUG-2002 DHC-6 Twin Otter 300 9N-AFR Shangri-La Air 18 near Pokhara A1
19-AUG-2002 DHC-6 Twin Otter 300 9N-ABQ Royal Nepal Airlines 0 Nepalganj Airpor… A2
17-JUL-2002 DHC-6 Twin Otter 300 9N-AGF Skyline Airways 4 near Surkhet Airport … A1
27-JUL-2000 DHC-6 Twin Otter 300 9N-ABP Royal Nepal Airlines 25 Jarayakhali Hill A1
25-DEC-1999 DHC-6 Twin Otter 300 9N-AFL Skyline Airways 10 near Simra Airport (SIF) A1
05-SEP-1999 BAe BAe-748-501 Srs. 2B 9N-AEG Necon Air 15 near Kathmandu-Tribhu… A1
07-JUL-1999 Boeing 727-243F VT-LCI Hinduja, opf 5 near Kathmandu-Tribhu… A1
18-JAN-1999 Cessna 208A Caravan I 9N-ADA Necon Air 5 Jumla Airport (JUM) A1
21-AUG-1998 DHC-6 Twin Otter 300 9N-ACC Nepalese CAA, op.for Lumbini Airways 18 near Ghorepani A1
06-NOV-1997 Avro 748-106 Srs. 1A 9N-ACM Necon Air 0 Pokhara Airport … A1
31-MAY-1997 DHC-6 Twin Otter 300 9N-ABQ Royal Nepal Airlines 0 Phaplu Airport (… A2
25-APR-1996 BAe BAe-748-352 Srs. 2B SCD 9N-ABR Royal Nepal Airlines 0 Meghauli Airport… A1
17-JAN-1995 DHC-6 Twin Otter 300 9N-ABI Royal Nepal Airlines 2 Kathmandu-Tribhu… A1
08-NOV-1993 Harbin Yunshuji Y-12 II 9N-ACS Nepal Airways 0 Jomsom Airport (… A1
31-JUL-1993 Dornier 228-101 9N-ACL Everest Air 19 near Bharatpur Airpor… A1
28-SEP-1992 Airbus A300B4-203 AP-BCP PIA 167 near Kathmandu-Tribhu… A1
26-SEP-1992 Harbin Yunshuji Y-12 II 9N-ACI Nepal Airways 0 Lukla Airport (LUA) A1
31-JUL-1992 Airbus A310-304 HS-TID Thai Airways International 113 near Kathmandu-Tribhu… A1
05-JUL-1992 DHC-6 Twin Otter 300 9N-ABB Royal Nepal Airlines 0 Jumla Airport (JUM) A2
10-JUL-1991 DHC-6 Twin Otter 300 RAN-26 Nepal Army 3 near Surkhet Airport … A1
20-JUN-1991 DHC-6 Twin Otter 300 9N-ABS UN Development Programme, opb Royal Nepal Airlines 0 near Simikot Airport … A1
09-JUN-1991 DHC-6 Twin Otter 300 9N-ABA Royal Nepal Airlines 0 Lukla Airport (LUA) A1
30-DEC-1985 Shorts SC.7 Skyvan 3-100 RAN-23 Nepal Army 25 near Dhangadhi A1
22-DEC-1984 DHC-6 Twin Otter 300 9N-ABH Royal Nepal Airlines 15 near Bhojpur A1
07-APR-1978 Shorts SC.7 Skyvan 3M-400 RAN-15 Nepal Army Rukuhot A1
15-OCT-1973 DHC-6 Twin Otter 300 9N-ABG Royal Nepal Airlines 0 Lukla Airport (LUA) A1
10-MAY-1973 Douglas DC-8-33 HS-TGU Thai Airways International 0+ 1 Kathmandu-Tribhu… A1
13-SEP-1972 Douglas C-47A (DC-3) 9N-RF10 Nepalese AF 31 Panchkhal A1
27-FEB-1970 DHC-6 Twin Otter 100 9N-RF9 Nepalese Royal Flight 1 Jomsom Airport (… A1
12-JUL-1969 Douglas C-47A (DC-3) 9N-AAO Royal Nepal Airlines 0 Nepalganj Airpor… A1
12-JUL-1969 Douglas DC-3D 9N-AAP Royal Nepal Airlines 35 near Hetauda A1
01-AUG-1962 Douglas C-47 (DC-3) 9N-AAH Royal Nepal Airlines 10 near Tulachan Dhuri A1
05-NOV-1960 Douglas C-47A (DC-3) 9N-AAD Royal Nepal Airlines 4 Bhairawa Airport… A1
24-MAR-1958 Douglas C-47A (DC-3) VT-CYN Indian Airlines 20 near Kathmandu A1
15-MAY-1956 Douglas C-47A (DC-3) VT-DBA Indian Airlines 14+ 1 Kathmandu-Tribhu… A1
30-AUG-1955 Douglas C-47A (DC-3) VT-AZX Kalinga Airlines 2 Simra Airport (SIF) A1
07-MAY-1946 Douglas Dakota III (DC-3) KG521 RAF 0 Simra Airport (SIF) A1

तर सुरुमा पोखरा विमानस्थलसँगको सम्पर्कमा एअर ट्राफिक कन्ट्रोलर (एटीसी)ले जहाजलाई पूर्वतर्फको छेउ अर्थात् रनवे ुथ्रीजीरोुबाट अवतरण गर्न निर्देशन दिए ।

तर चालकहरूको अनुरोधमा त्यसलाई पश्चिमतर्फको प्रवेशबिन्दुबाट अवतरणको अनुमति दिइएको थियो।

त्यस्तै चालकले आफैँले हेरेर अवतरण गराउनेगरी जहाजलाई जमिनतर्फ ल्याउँदै गरेको पहिले नै सार्वजनिक भइसकेको कुरालाई पनि प्रतिवेदनले पुष्टि गरेको छ।

प्रतिवेदनमा विमानले सावधानी जनाउने सङ्केतहरूलाई चालकहरूले ूवास्ता नगरेकोूतर्फ पनि सङ्केत गरिएको छ।

यस्ता विभिन्न आधारहरू हेरेर ूमानवीय त्रुटिूतर्फ प्रतिवेदनले सङ्केत गरेको देखिन्छ।

यद्यपि लामिछाने कुन त्रुटिका कारण दुर्घटना भयो भन्नेबारे तोकिएका दायरामा बसेर थप अध्ययन हुने बताउँछन्।


धेरै कारण हुनसक्छन् तर दोष विमानचालकमाथि

वरिष्ठ विमानचालक क्याप्टेन वाईके भट्टराई ‘इन्जिन फेल हुँदैमा प्रोपेलर फेदर’ नहुने बताउँछन्।

‘फेदर गर्दा म्यानूअल (हातले नै) नै गर्नुपर्ने हुन्छ, इन्जिन फेल हुँदैमा फेदर हुँदैन त्यो पनि दुवै प्रोपेलर फेदरिङ हुने भन्ने कुरा अलि अनौठो छ’, उहाँले भन्नुभयो।

प्रारम्भिक प्रतिवेदन हेर्दा आफूलाई ‘मानवीय भन्दा पनि बढी यान्त्रिक गढबढी हो कि भन्ने शङ्का गर्ने ठाउँ भएको जस्तो लागेको’ उहाँले बताउनुभयो।

तर नेपालमा भएका दुर्घटनामा प्रायः पाइलटमाथि दोष थोपरिने गरेको उहाँ बताउनुहुन्छ।

‘जहाज बनाउने कम्पनी, इन्जिन बनाउने कम्पनी, जहाज बनाउने देश, त्यो चलाउने कम्पनी सबै आफूमाथि दोष नआओस् भन्ने चाहन्छन्’, उहाँले भन्नुभयो , ‘त्यस्तो बेलामा दोष पाइलटमाथि लगायो भने त उनीहरूले आफ्नो प्रतिरक्षा गर्ने अवस्था हुँदैन। त्यसैले यी सबै पक्षलाई हेरेर निष्पक्ष जाँच हुनुपर्छ।’

उहाँले सबै पक्षका स्वार्थलाई समेत दृष्टिगत गरेर ‘निष्पक्ष’ जाँच गर्नसके मात्र यथार्थ बाहिर आउने धारणा व्यक्त गर्नुभयो।


पोखरामा भएको दुर्घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको भए पनि ७१ जनाको मात्र शव वा शरीरको अवशेष भेटिएको अधिकारीहरूले बताएका छन्।

यती एअरलाइन्स

प्रोपेलर फेदरमा जानु भनेको के हो ?
विज्ञहरूका अनुसार एटीआरजस्ता विमानमा इन्जिनले घुमाउने पङ्खालाई प्रोपेलर भनिन्छ। जहाजलाई निश्चित गतिमा अघि तान्नका लागि प्रोपेलरमा हुने ब्लेडहरूको कोण परिवर्तन भइरहेको हुन्छ।

दुर्घटना जाँच आयोगका सदस्य वरिष्ठ इन्जिनियर एकराजजङ्ग थापाले गत साता बीबीसीलाई दिएको जानकारीअनुसार विमान ुफेदरु गर्नु भनेको नौलो कुरा भने होइन।

उहाँका अनुसार विमानको इन्जिनमा समस्या आए पाइलटले आफैँ पनि फेदर गर्न सक्छन्। त्यस्तै इन्जिन बन्द गर्नुअघि पनि विमान फेदर गर्न सकिन्छ।

‘फेदर गर्नु भनेको कुनै आश्चर्य कुरा होइन। सामान्य प्रक्रिया नै हो’, गत साता उहाँले भन्नुभएको थियो।

उहाँका अनुसार प्रोपेलरको ब्लेडहरू टेढो किसिमले बसे विमान अघि बढ्छ।

धार सीधा अगाडि फर्केर बस्यो भने विमान अघि बढ्दैन र त्यो अवस्थालाई नै फेदर भएको भनिन्छ।

जहाजलाई अघि नतान्ने अवस्थामा राख्नुलाई फेदर भनिन्छ। कुनै कारण आकाशमा इन्जिन रोकिए वा रोक्नुपरेमा विमान फेदर गर्नुपर्ने हुन्छ।

पाइलटले गर्नेबाहेक इन्जिनमा समस्या आएको विमानले थाहा पाए स्वचालित रूपमा फेदर हुने पनि थापा बताउनुभएको थियो।

‘दुई किसिमबाट यो ९फेदर० हुन सक्छ। मानवीय त्रुटि पनि हुनसक्छ ‘ अन्य समस्या आएर पनि होला भन्ने कुरा हो। तर दुई वटाकै (दुवै इन्जिन एकैपटक फेदर हुने) सम्भावना कम हुन्छ। त्यसैले ठ्याक्कै के कारणले (त्यस्तो) भयो भन्ने हालसम्म अनुसन्धानकै क्रममा छ’,ु थापाले बीबीसीसँग भन्नुभएको थियो ।

विज्ञहरूका भनाइमा प्रोपेलरको कोण परिवर्तन भएपछि विमानको पङ्खाले हावा काट्ने प्रक्रिया रोकिन्छ र त्यसले विमानको उड्ने शक्ति गुम्छ।(बीबीसी नेपाली सेवाबाट)

 

Share Now

Leave a comment.