Prakash Adhikari February 17, 2023

 

काठमाडौं, ५ फागुन । भारतले घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो ।

जसमा पेट्रोलको मूल्य १।९७ रुपैयाँ घटेको छ भने डिजेलको ६।४१ रुपैयाँ र हवाई इन्धनको ३।८८ रुपैयाँले घटेर आएको हो ।

यसअघि भारतले मूल्यवृद्धि गरेर नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले गत २३ माघमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि हुँदा पेट्रोलको मूल्य १७८।- रुपैयाँ पुगेको थियो भने डिजेल र मट्टितेलको मूल्य १७५ ।- पुगेको थियो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको थियो ।

Share Now

Leave a comment.