कीर्तिपुर(काठमाडौं), ५ फागुन । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि स्कटल्यान्डले पहिलो ब्याटिङ गर्नेछ।
नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। नामिबियासँगको खेलमा रहेका ललितनारायण राजवंशीलाई बेन्चमा राख्दै गुल्सन झालाई टोलीमा समेटेको छ।
नेपाल घरेलु मैदानमा स्कटल्यान्डलाई पराजित गर्ने योजनामा छ। उता आइसीसी लिग २ च्याम्पियन बनिसकेको स्कटल्यान्ड नेपाललाई घरेलु मैदानमा हराउने सोचमा छ।
नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो।
नेपालले गत बर्ष स्कटल्याण्डको ग्लास्गोमा भएको आईसीसी विश्वकप लिग २ अन्तरगतको ९३ औं खेलमा १ सय ४९ बल बाँकी रहदै स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको थियो ।
नेपाली टोली घरेलु मैदान,घरेलु दर्शकको साथ र नामिबियालाई पराजित गरेको उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ ।


















