Prakash Adhikari February 20, 2023

 

काठमाडौं, ७ फागुन । नेपाली सेनाको २६० औं वार्षिक उत्सवको अवसरमा आइतबार नेपाली सेनाले सांस्कृतिक कार्यक्रम तथा रात्रिभोजको आयोजना गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सेनाले जङ्गी अड्डामा सांस्कृतिक कार्यक्रम तथा रात्रिभोजको आयोजना गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नेपाली सेनाका सकल दर्जाले विभिन्न सांस्कृतिक तथा परम्परा झल्कने प्रस्तुति दिएका छन्।

कार्यक्रममा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै संवैधानिक अङ्गका प्रमुख, जनप्रतिनिधि, कूटनीतिज्ञलगायतको सहभागिता थियो।

Share Now

Leave a comment.