च्यासल(ललितपुर), १३ फागुन । नेकपा एमालेले तत्काल सरकार नछाड्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बिहान बसेको सचिवालय बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभएको छ।
राष्ट्रपतिमा पौष १० मा भएको सहमति पालनका लागि एमालेले पहल गर्नेगरी अहिलेनै सरकारबाट नबाहिरिने निर्णय गरेको उहाँले बताउनुभयो।
साथै, एमालेले राष्ट्रपतिको उम्मेदवारमा सुवास नेम्वाङलाई अघि सारेको छ।
गुरुढ.ले कांग्रेसबाहेक सबै दललाई एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई मत माग्न पत्राचार समेत गर्ने जानकारी गराउनुभएको छ।
शुक्रबार राति मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले कांगेसको उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेको थियो।
नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराउने औपचारिक निर्णय गरिसकेको छ।


















