Prakash Adhikari February 25, 2023

काठमाडौं, १३ फागुन । आईसीसी यू १९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
शनिबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

जितको लागि ३ सय ४४ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेत ३०.५ ओभरमा १ सय रनमा अल आउट भयो ।

कुवेतको लागि जुडे क्रिष्टोफर साल्डनाले २६, युसुफ सदिक बर्षा मोहम्मद रसिक मोहम्मदले १९, हेड किशारभाई हिंन्सुले १६,साउद मोहम्मद सदाकले ८, इथन सञ्जय चेरियनले ७, तल्हा हसनले ६,अर्स साहिल काज्मीले ५, हेनरी थमस र जयमहेशकुमार मेहताले ३।३, गौतम मोहनदास फुलक्कमले १ रनको योगदान गरका थिए ।

कुवेतलाई रोक्ने क्रममा नेपालका आकाश चन्दले ६,हेमन्त धामी र दीपेश कँडेलले २ । २ विकेट लिएका थिए ।

यसपहिले टस जितेर ब्याटिड. गरेको नेपालले ५० ओभरको निर्धारित खेलमा ७ विकेटको क्षतिमा ३ सय ४३ रनको विशाल स्कोर जोडेको थियो ।

नोपलका लागि कप्तान देव खनालले ९ चौका र ३ छक्काको मद्दतले सर्वाधिक १ सय २५ रन जोडेका थिए । नेपालका लागि अर्जुन कुमालले १ सय ८,विशालविक्रम के.सी.ले २३, दीपकप्रकाश डुम्रेले २०, दीपक बोहोराले १९ तथा आकाश त्रिपाठी, सुवास भण्डारी र दीपेश कँडेलले २ । २ रनको योगदान दिए ।

नेपाललाई रोक्ने क्रममा कुवेतका अर्ष साहिल काज्मी र हेनरी थमले २ । २ तथा हैवर अलीले १ विकेट लिएका थिए ।

लगातार दोस्रो जितसँगै नेपालले २०२४ मा श्रीलंकामा हुने यू १९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ ।

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् ।

सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू १९ विश्वकप खेल्न पाउनेछ ।

नेपालले फागुन १५ (फेब्रुअरी २७) मा हङकङसँग खेल्नेछ ।

नेपालले फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८ (मार्च २) मा खेल्नेछ । यू १९ को खेलहरु युनाइटेड अरब इमिरेट्सको इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा भैरहेका छन् ।

 

Share Now

Leave a comment.