काठमाडौं, १५ फागुन । नेपालको शेयर बजार सोमबार थोरै ओरालो लागेको छ । धितोपत्र बजार परिसूचक ३.६५ अङ्कले घटेर २०२३.५४ बिन्दुमा रोकिएको छ ।
साताको दोस्रो कारोबार दिन २ सय ५९ वटा कम्पनीको ५१ लाख २० हजार ८ सय ८८ कित्ता शेयरको खरिदबिक्रीबाट रू १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३ सय ६५ रुपैया ८४ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
यस दिन होटल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बीमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
होटल तथा पर्यटन समूह ४३.८१, म्युचुअल फन्ड समूह .०७, निर्जीवन बीमा समूह ७.२७, व्यापार समूह १२.६५ र अन्य समूह ११.८० अङ्कले बढेको छ ।
| Symbol | Current | Chng | Chng % |
|---|---|---|---|
| Banking SubIndex | 1,321.68 | -1.26 | -0.09 |
| Development Bank Index | 3,655.38 | -11.95 | -0.33 |
| Finance Index | 1,694.84 | -28.77 | -1.67 |
| Hotels And Tourism Index | 3,207.83 | 43.81 | 1.38 |
| HydroPower Index | 2,567.93 | -7.41 | -0.29 |
| Investment Index | 64.89 | -0.34 | -0.51 |
| Life Insurance | 10,181.51 | -8.96 | -0.09 |
| Manufacturing And Processing | 4,909.15 | -23.37 | -0.47 |
| Microfinance Index | 3,976.09 | -39.38 | -0.98 |
| Mutual Fund | 14.18 | 0.07 | 0.51 |
| Non Life Insurance | 8,913.18 | 7.27 | 0.08 |
| Others Index | 1,478.39 | 11.80 | 0.80 |
| Trading Index | 2,168.13 | 12.65 | 0.59 |
त्यस्तै, लघुवित्त समूहको उपसूचक सबैभन्दा धेरै ३९.३८ अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ समूह १.३८, विकास बैंक समूह १३.०८, वित्त समूह २८.४७ र जलविद्युत् समूह ७.४१ अङ्कले घटेको छ ।
लगानी, जीवन बीमा र उत्पादन समूहको उपसूचकमा क्रमशः ०.३४ प्रतिशत, ०.९६ र २३.३७ अङ्कको गिरावट देखिएको छ ।
आज सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ९ं७३ प्रतिशतले बढेको छ ।
Top Gainers
सबैभन्दा धेरै गिरावट भने राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य छ दशमलव ४३ प्रतिशतले घटेको छ ।
Top Losers
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रू ६ करोड ६८ लाख बराबरको शेयर खरिद बिक्री भएको छ ।


















