काठमाडौं, १६ फागुन । नेपालको शेयर बजार मंगलबार ओरालो लागेको छ । यस दिन धितोपत्र बजार परिसूचक ३.८१ अङ्कले ओरालो लागेर २०१९.९३ बिन्दुमा रोकिएको छ ।
यस दिन २ सय ६२ कम्पनीका ३९ लाख ४६ हजार २४ कित्ता शेयरको किनबेचबाट १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५ सय १५ रुपैया ७५ पैसाको कारोबार भएको छ ।
यस दिन नेपाल स्टक एक्सचेञ्जले बर्गीकृत गरी कारोबारमा आएका १३ उपसमूहको शेयरमध्ये चार उपसमूहको उपपरिसूचक उकालो लाग्दा नौ उपसमूहको उपपरिसूचक गिरावट आएको छ ।
| Symbol | Current | Chng | Chng % |
|---|---|---|---|
| Banking SubIndex | 1,317.15 | -4.53 | -0.34 |
| Development Bank Index | 3,637.68 | -17.70 | -0.48 |
| Finance Index | 1,690.26 | -4.58 | -0.27 |
| Hotels And Tourism Index | 3,176.83 | -30.99 | -0.97 |
| HydroPower Index | 2,591.86 | 23.94 | 0.93 |
| Investment Index | 65.56 | 0.66 | 1.02 |
| Life Insurance | 10,159.23 | -22.28 | -0.22 |
| Manufacturing And Processing | 4,885.09 | -24.05 | -0.49 |
| Microfinance Index | 3,944.97 | -31.12 | -0.78 |
| Mutual Fund | 14.23 | 0.05 | 0.37 |
| Non Life Insurance | 8,868.88 | -44.30 | -0.50 |
| Others Index | 1,467.99 | -10.39 | -0.70 |
| Trading Index | 2,168.32 | 0.19 | 0.01 |
कारोबार भएकामध्ये ८८ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय १८ कम्पनीको भने ओरालो लागेको छ । यस्तै, १० उपसमूहको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
नेप्सेका अनुसार आँधीखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, सिद्धार्थ इन्स्योरेन्स छ दशमलव १४, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले पाँच दशमलव ७६ प्रतिशतले कमाएका छन् ।
Top Gainers
त्यस्तै, प्रिमियर इन्स्योरेन्स तीन दशमलव ८५, राप्ती हाइड्रो तीन दशमलव ८४, सामलिङ पावर तीन दशमलव ७९, तारागाँउ रिजेन्सी होटल तीन दशमलव ७८, स्वाभिमान लघुवित्तका लगानीकर्ताले तीन दशमलव २९ प्रतिशतले गुमाएका छन् ।
Top Losers
कारोबारका आधारमा युनिभर्सल पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु सात करोड ५५ लाख ११ हजार पाँच सय ८४ बराबरको कारोबार भयो ।
यस्तै, शिवम् सिमेन्ट रु छ करोड ५० लाख ६९ हजार नौ सय ८९, सानिमा माई हाइड्रोपावर रु छ करोड ४६ लाख १३ हजार नौ सय ७७, नेपाल पूर्वाधार बैङ्क रु तीन करोड ७६ लाख २४ हजार पाँच सय ७६ र हिमालयन डिस्टिलरी रु तीन करोड ४४ लाख ६० हजार आठ सय १९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।


















