Prakash Adhikari March 9, 2023

रमोल्लाह(प्यालेष्टाइन), २५ फागुन । एएफसी यू २० महिला एसियन कप छनोटमा नेपाली टोलीले घरेलु टोलीमाथि सानदार जित दर्ता गरेको छ।

फैसल अल हुसेइनी रंगशालामा बुधबार भएको खेलमा नेपालले प्यालेस्टाइनलाई ६–० गोल अन्तरले पराजित गरेको हो।

नेपालको जितमा मिडफिल्डर दिपा शाही एक्लैले ४ गोल गरिन्। गरिमा रानाको नाममा २ गोल रह्यो।

खेलको २१ औं मिनेटमा दिपाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिईन्।

खेलको २९ औं मिनेटमा गरिमाले अग्रता दोब्बर पारिन्। दिपाले नै खेलको ६७ र ७५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

खेलको ८२ औं मिनेटमा गरिमाले व्यक्तिगत दोस्रो गोल गरिन्।

त्यसको तिन मिनेटपछि दिपाले गोल गर्दै नेपाललाई फराकिलो अग्रता दिलाइन्।

छनोटको दोस्रो खेलमा नेपालले आइतबार नर्दर्न मारियाना आइल्यान्ड्ससँग खेल्नेछ।

 

Share Now

Leave a comment.