Prakash Adhikari March 9, 2023

भैरहवा(रुपन्देही), २५ फागुन । यात्रु अभावका कारण केही महिनादेखि उडान रोकेको जजिराले बिहीवारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ ।

वि.सं. २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो ।

तर, मौसम खराबीको कारण देखाउदै पुस ६ गतेदेखि उडान रोकेको थियो । जजिराले पुरानै तालिकाअनुसार साताको तीन उडान गर्ने जनाएको छ ।

कुबेतबाट बिहीवार बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जजिराले अब हप्तामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने छ ।

भैरहवा–मलेसिया चार्टर्ड उडान थालेको हिमालय एयरलाइन्सले पनि दुई महिनादेखि स्थगित गरेको उडान पुनः सुरु गरेको छैन ।

Share Now

Leave a comment.