कीर्तिपुर(काठमाडौं), २५ फागुन । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ को अन्तिम श्रृखला अन्तरगत आज कीर्तिपुरमा भैरहेको नेपाल र पपुवा न्युगिनी बीचको खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।
नेपालको दिएको २ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको पीएनजीको तेस्रो विकेट नेपालका बलर सन्दीप लामिछानले लिएका हुन् ।
उनले फालेको चौधौं ओभरको तेस्रो बललाई पीएनजीका ओपनर टोनी उराले गरेको प्रहारलाई नेपालका आशिफ शेखले क्याच गरेका थिए ।
दोस्रो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन । उनले १३.३ ओभरमा फालेको बल पीएनजीका सेसे बाउले ब्याटिड. गर्दा सोमपाल कामीमार्फत क्याच आउट गराएका हुन् ।
यसभन्दा पहिले नेपालका कुशल मल्लले ११.२ ओभरमा पीएनजीका ओपनर टोनी उरालाई दिएको बलमा रन लिने क्रममा ओपनर किप्लिड. डोरिगा ३४ बलमा २६ रन बनाएको अवस्थामा आउट भएका थिए ।
१७ औं ओभरको अन्त्यमा पीएनजीले ९७ रन जोडेको छ ।


















