काठमाडौं, २५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनकै उम्मेदवारलाई मत दिने निर्णय गरेको छ ।
आज बिहीवार केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टी पदाधिकारी र संसदीय दलको बैठकले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।
प्रमुख सचेतक सन्तोष परियारले डिसीले बैठकले संविधानको रक्षा गर्ने व्यक्तिलाई मतदान गर्ने तर निर्वाचन आचार संहिता लागेको कारण व्यक्तिको नाम भन्न नमिल्ने बताउनुभएको छ । उहाँको संकेत रामचन्द्र पौडेलप्रति रहेको बताइन्छ ।
प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १९ जना सांसद रहेका छन् ।
राजावादी मानिने राष्ट्रिय प्रजातन्त्र पार्टीले भने गणतन्त्रका राष्ट्रप्रमुख राष्ट्रपतिको लागि कुनै पनि उम्मेद्वारलाई मत नदिने निर्णय गरेको थियो ।
नेपाल मजदूर किसान पार्टीले पनि राष्ट्रपतिको मतदान बहिष्कार गरेको छ ।


















