Prakash Adhikari March 13, 2023

कीर्तिपुर(काठमाडौं), २९ फागुन। आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा आज (सोमबार) पपुवा न्युगिनी (पीएनजी)विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट खेल मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।
अहिले १४ औं ओभरको अन्त्यमा ४९ । ३ को अवस्थामा छ । नेपालका बलर ललित राजवंशीले पीएनजीका ओपनर किप्लिड. डोगोरालाई चौथो ओभरको चौथो बलमा २ रनमा आउट गरे भने अर्का बलर सोमपाल कामीले अर्का ओपनर हिरिहिरिलाई सातौं ओभरको पाँचौ बलमा १४ रन बनाएको अवस्थामा आउट गरे । १४ औं ओभरको अन्त्यमा नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले पीएनजीका बलर सेसे बौलाई २८ बलमा १८ रन जोडेको अवस्थामा आउट गरे ।

नेपाल लगातार जितको लय कायम राख्ने लक्ष्यमा छ । लिगको चौथो स्थानमा रहँदै एकदीवसीय मान्यता जोगाएको नेपाल बाँकी दुई खेल जित्दै शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ ।

यता छनोटबाट बाहिरि सकेको पीएनजी पनि नेपालसँग सुखद नतिजा निकाल्न चाहन्छ । पीएनजीविरुद्ध नेपालले टोलीमा एक खेलाडी परिवर्तन गरेको छ ।

आइतबार संयुक्त अरब इमिरेट्स (युएई) सँगको खेलमा रहेका गुलशन झाको स्थानमा आज करण केसीलाई समावेश गरिएको छ । लिग २ अन्तर्गत सिरिजकै अन्तिम खेल नेपालले चैत २ गते युएईविरुद्ध खेल्नेछ ।

 

Share Now

Leave a comment.