Prakash Adhikari March 15, 2023

काठमाडौं, १ चैत्र (रासस) ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४. ४४ अङ्कले घटेर  १९३८.६२ अङ्कमा कायम भएको हो । आजको कारोबारमा कूल २ सय ५३ वटा कम्पनीका विभिन्न ३७ लाख १६ हजार छ सय ८४ कित्ता शेयर रू १ अर्ब २० करोड २१ लाख ४१ हजारमा कारोबार भएका छन् ।

आजको कारोबारमा व्यापार समूह १० .५७ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६९ .४६ र लघुवित्त समूहको उपसूचक ६८.३५ अङ्कले घटेको छ ।

साथै बैंकिङ समूह ९. ९४, विकास बैंक समूह २७ .२४, वित्त समूह १४.१६, होटल तथा पर्यटन ७.३९ र जलविद्युत् समूह ९.६९ अङ्कले घटेको छ । त्यसैगरी, लगानी समूह ०.४३, उत्पादन तथा प्रशोधन समूह ३२. ४२, म्युचुअल फन्ड ०.०३, निर्जीवन बीमा समूह १७ .०६ र अन्य समूह ४=१२ अङ्कले घटेका छन् ।

आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शुभम् पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै ५.९० अङ्कको गिरावट देखिएको छ । कारोबार रकमका आधारमा आज एनआइसी एसिया बैंकको सबैभन्दा धेरै रू १० करोड ३५ लाख २२ हजार बराबरको १ लाख ३८ हजार ५ सय ९३ कित्ता शेयर किनबेच भएको छ ।

Share Now

Leave a comment.