काठमाडौं, १९ चैत्र । नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्वसभापति विकास कोइरालामाथिको अनुशासन कारबाही फुकुवा गरेको छ।
केन्द्रीय कार्यसम्पपादन समितिको आइतबार बसेको बैठकले दुवै नेतामाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो।
जोशी र कोइरालाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिँदा गरिएको कारबाही फुकुवा गरिएको सहमहामन्त्री बद्री पाण्डेले बताउनुभएको छ।
ुबारा, चितवन र तनहुँको हकमा स्वतन्त्र उठेकाहरुको कारबाही फुकुवा भएको छु, उहाँले भन्नुभयो, ुयो वा त्यो व्यक्तिभन्दा पनि नीतिगत निर्णय गरेका हौँ। यसमा बागी र स्वतन्त्र उठ्नेहरु पर्नुभएको छ।ु
२०७४ को निर्वाचनमा तनहुँ–१ मा तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिनुभएको थियो।
उहाँले बागी उम्मेदवारी दिए पछि कांग्रेसले जिल्ला कार्यसमिति तनहुँको सिफारिसमा २०७७ साउन १० गते कारबाही गरेको थियो।
त्यसबेला जोशीकै बागीका कारण मत काटिँदा पौडेल नेकपा एमालेका किसान श्रेष्ठसँग पराजित हुनुभएको थियो।
मंसिर ४ मा भएको निर्वाचनमा पनि जोशीले उम्मेदवारी दिनुभएको थियो। तर पौडेल नेकपा एमालेका एकबहादुर रानालाई फराकिलो मतले हराउनुभयो।
तनहुँ १ बाट रामचन्द्र उठ्ने भएपछि पाँच दलीय गठबन्धमा रहेको नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ बाराबाट चुनाव लड्नुभएको थियो ।
२०७४ आफूलाई हराउने श्रेष्ठले ठाउँ खाली गरिदिएपछि मंसिर ४ को निर्वाचनमा सजिलै विजयी पौडेल फागुन २५ गते राष्ट्रपति भइसक्नुभएको छ।
तनहुँ १ मा मंसिर ४ को निर्वाचनमा कांग्रेसबाट विद्रोह गरेका जोशीले ६ हजार ८ सय ८६ मत ल्याएर तेस्रो हुनुभएको थियो ।
त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले तनहुँ १ मा ६ हजार ४४ मतसहित चौथो हुनुभयो।
जोशीलाई विषेश अदालतले २०६९ साल साउन १० गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो।
विषेशको फैसला विरुद्ध जोशीले सर्वोच्च अदालतमा पुनरावेदन दिनुभएको थियो ।उहाँको मुद्दा सर्वोच्चमा विचाराधीन छ।
जोशी विगतमा गृह र शिक्षा, जलस्रोत, खेलकुदलगायत मन्त्री हुनभएको थियो भने कांग्रेसको सहमहामन्त्री पनि हुनुहुन्थ्यो।
यस्तै तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध साविक चितवन क्षेत्र नम्बर ४ मा दोस्रो संविधानसभा चुनावमा विरुद्ध विकास कोइरालाले बागी उम्मेदवारी दिनुभएको थियो।
सभापतिविरुद्ध बागी बनेपछि कांग्रेसले २०७० कात्तिक २ गते क्रियाशील सदस्यता खारेज गर्दै उहाँलाई कारबाही गरेको थियो।
१२ औं महाधिवेशनबाट उहाँ जिल्ला सभापतिमा निर्वाचित हुनुभएको थियो। उहाँ २०६७–०६९ सम्म चितवन कांग्रेसको सभापति रहनुभएको थियो।


















