काठमाडौं, ७ वैशाख । साताको अन्तिम दिन बिहिबार पनि नेपालको शेयर बजार आरालो लागेको छ।
बिहिबार धितोपत्र बजार परिसूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा पुगेको छ।
यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २ सय ६७ कम्पनीको ३२ लाख ०९ हजार २ सय १४ कित्ता सेयर खरिद बिक्रीबाट ९८ करोड ३३ लाख ६७ हजार ३ सय ११ रुपैयाँमाथिको शेयर कारोबार भएको छ।
बिहिबारको कारोबारमा १३ वटै उपपरिसूचक घटेर राताम्मे भएको छ।
आजको कलिञ्चोक दर्शन र मोलुंग हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड र आदर्श लघुवित्तका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।
त्यस्तै, कारोबारको आधारमा एनआइसी एशिया बैंकको अग्रिम स्थानमा छ। यसको आज ५ करोड ७५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै कुमारी बैंकको प्रमोटर सेयर र एशियन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।


















