Prakash Adhikari April 24, 2023

काठमाडौं, ११ वैशाख। डोल्मा इम्प्याक्ट फण्ड(२ सेती खोला हाइड्रोपावर लिमिटेडमा ३.५ मिलियन डलर (करिब ४५ करोड ८५ लाख रुपैयाँ) लगानी गरेको छ।

फण्डले इक्विटीका रुपमा कम्पनीमा लगानी गरेको हो। नेपाली हाइड्रोपावर कम्पनीहरुमा निजी क्षेत्रले गरेको यो सबैभन्दा ठूलो इक्वीटी लगानी रहेको दाबी गरिएको छ।

कम्पनीले २२ मेगावाटको सेती खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजना कास्कीको सेती खोलामा निर्माण भइरहेको छ। नदी प्रवाहमा आधारित यो आयोजनाले १३३ गिगावाट आवर वार्षिक ऊर्जा उत्पादन गर्न सक्छ।

यो आयोजनामा कुमारी बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड र नबिल बैंक को ऋण लगानी रहेको छ।

यसअघि कम्पनीले ७.६ मेगावाटको जोगमाई हाइड्रोपावर निर्माण गरिसकेको छ। २०१७ बाट उक्त आयोजना संचालनमा छ। निर्माणधीन आयोजना २०२४ को मध्यमा सक्ने योजना छ।

यो कम्पनीले आइपीओ निकाल्ने तयारी गरिरहेको छ।(स्रोतःबिजमाण्डू)

Share Now

Leave a comment.