Prakash Adhikari April 24, 2023

काठमाडौं, ११ वैशाख । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिनका लागि नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीको आवेदन परेको छ भने कमोडिटी एक्सचेञ्जका लागि चार कम्पनीको आवेदन परेको छ ।

स्टक एक्सचेञ्जको लाईसेन्स लिन व्यवसायी दीपक भट्ट, दीपक तिमिल्सिना र रामेश्वर थापाको नेतृत्वमा रहेका तीन कम्पनीले आवेदन गरेका छन्।

भट्टको नेतृत्वमा हिमालयन, तिमिल्सिनाको नेतृत्वमा नेशनल र थापाको नेतृत्वमा अन्नपूर्ण स्टक एक्सचेन्ज दर्ता भएको छ।

परेका आवेदनमा अध्ययन गरेर धितोपत्र बोर्डले एउटा कम्पनीले एक कम्पनीलाई स्टक एक्सचेन्ज संचालनको अनुमति दिनेछ।

कमोडिटिजमा चारको आवेदन

यस्तै वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन चारवटा कम्पनीले आवेदन दिएका छन् ।

कमोडिटी मार्केटका लागि मल्टी एसेट्स एन्ड डेरिभेटिम एक्सचेन्ज (म्याक्स०), मल्टी डेरिभेटिम एक्सचेन्ज, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ र नेपाल मल्टी कमोडिटी एक्सचेन्जको आवेदन परेको हो ।

कमोडिटी मार्केटको इजाजतपत्र लिन आवदेन दिने अन्तिम दिन चारवटा कम्पनीले आवेदन दिएका हुन् । सर्वोच्च अदालतको चैत २६ को रिट खारेजीको निर्णयले नयाँ स्टक कम्पनी, कमोडिटी मार्केटको लाइसेन्स जारी गर्न बोर्डलाई बाटो खुलेको थियो ।

बोर्डले असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्रका लागि निवदेन मागेको थियो । बोर्डको निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज समेतलाई विपक्षी बनाई अधिवक्ता दीपकविक्रम मिश्रले असोज ३१ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

चैत २६ गते सर्वोच्चले उक्त मुद्दा खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० गते सूचना जारी गर्दै वैशाख १० गतेसम्म आवेदन दिइसक्न भनेको थियो । धितोपत्र बोर्डले दुईवटा मात्रै कम्पनीलाई कमोडिटीको लाइसेन्स दिनेछ ।

 

Share Now

Leave a comment.