Prakash Adhikari April 24, 2023

काठमाडौं, ११ वैशाख । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले निर्वाचित हुने लगभग निश्चित भएको छ । सुरुदेखि नै अग्रस्थानमा रहनुभएका अर्थशास्त्री वाग्लेले १० हजार मत कटाउनुभएको छ।

१३ वटा वडाको मत गनिसक्दा नेपाली कांग्रेसका गोविन्द भट्टराई र नेकपा एमालेका सर्वेन्द्र खनाललाई वाग्लेले फराकिलो मतले पछि पार्नुभएको छ।

सोमबार बिहान १० बजेसम्मको परिणामअनुसार वाग्लेले १० हजार २ सय ५९ मत ल्याउनुभएको छ।

अहिले वाग्ले र नेपाली कांग्रेसकाउम्मेद्वार गोविन्द भट्टराईको ५ हजार २ सय ५६ पुगेको छ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै, तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७ सय ५९ मत ल्याउनुभएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार अहिलेसम्म त्यहाँ १३ वटा वडाको १८ हजार ६ सय ६१ मतगणना भइसकेको छ।

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

Share Now

Leave a comment.