Prakash Adhikari April 25, 2023

दुबाई(साउदी अरेबिया), १२ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सोमबार राति दुबईका लागि उडेको फ्लाई दुबईको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रुपमा अवतरण भएको छ।

फ्लाइट राडारका अनुसार फ्लाई दुबईको एफजेड ५७६ जहाज स्थानीय समय १२ः१० मा अवतरण भएको हो।

उक्त जहाजमा काठमाडौंबाट उड्नेबित्तिकै समस्या आएको थियो।

काठमाडौंको समयअनुसार ९ बजेर २० मिनेटमा उडेको जहाजमा आगोको झिल्का देखिएर पड्केको आवाज आएको थियो।

फ्लाई दुबईले जहाजमा चरा ठोक्किएका कारण आगोको झिल्का देखिएको र ठूलो आवाज आएको बताएको दुबई मिडिया अफिसले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिए । तर, उनले जहाज फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेनन्।

विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगोको मुस्लो समेत देखिएको थियो । पाइलटले इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई जानकारी गराएका थिए । उनले समस्याग्रस्त जहाज केहिबेर आकाशमै होल्ड गरेर पाइलटले उडानलाई निरन्तरता दिएका थिए ।

 

लगत्तै दूबई सरकारको मिडिया कार्यालयले ट्वीट गर्दै विमानले सामान्य अवस्थामा उडान गरिरहेको बताएको थियो ।

 

Share Now

Leave a comment.