काठमाडौं, २१ वैशाख । परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने हुनुभएको छ।
लण्डनमा रहँदा मन्त्री साउद वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुनुहुने मन्त्रालयले जानकारी दिएको छ ।
सो अवसरमा मन्त्री साउद अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनुहुनेछ।
परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ ।