Prakash Adhikari April 10, 2018

बस दुर्घटनाग्रस्त हुँदा अधिकांश केटाकेटी सहित कम्तीमा २९ जनाको ज्यान गएको बताइएको छ

नुपुर,काँगडा(भारत),२७ चैत्र । भारतको हिमांचल प्रदेश राज्यमा एउटा स्कूल बस दुर्घटनाग्रस्त हुँदा अधिकांश केटाकेटी सहित कम्तीमा २९ जनाको ज्यान गएको बताइएको छ।

भारतको उत्तरी राज्य हिमांचल प्रदेशमा एउटा स्कूल बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा २९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। ‌

ज्यान गुमाउनेहरुमध्ये अधिकांश १० वर्ष मुनिका बालबालिकाहरु भएका बताइएको छ।

काँगडा जिल्लाको नुरपुरस्थित  वजीर रामसिंह पठनीय मेमोरियल स्कुलका झण्डै ४० जना विद्यार्थीहरुलिएर गैरहेको बस दुर्घटनाग्रस्त भएको थियो।

गहिरो खोंच

एएफपी समाचार संस्थासंग कुरा गर्दै एक स्थानीय प्रहरी अधिकारीले भने, “उक्त स्कूल बस सडकबाट झण्डै २०० फिट तल गहिरो खोंचमा खस्दा २७ जना ‌विद्यार्थी, दुईजना शिक्षक तथा बस चालकको पनि ज्यान गयो।”

उद्धारकर्मीहरु घटनास्थलमा पुगिसकेको जनाइएको छ।

अधिकारीहरुले सो दुर्घटनाको कारण पत्ता लगाउन आदेश दिएका छन्।

भारत संसारमै सबैभन्दा बढी सडक दुर्घटना हुने मुलुकहरुमध्ये एक हो।

चालकको लापरवाही तथा सडक एवम् सवारी साधन राम्रोसंग मर्मत नगरिंदा अधिकांश दुर्घटनाहरु हुने जानकारहरु बताउँछन्।

बीबीसीबाट

 

Share Now

Leave a comment.