काठमाडौं, ३१ वैशाख । अठार वर्षअघि सर्वेक्षण गरिएको १ सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ ।
म्याग्दी र मुस्ताङमा संरचना रहने गरी प्रस्ताव गरिएको आयोजना डेढ दशकपछि निर्माणको प्रक्रियालाई अगाडि बढाइएको हो । हाइड्रो सोलुसनबाट गत मङ्सिरमा कालीगण्डकी गर्जको स्वामित्व लिएको त्रिवेणी इनर्जी प्रालिले आयोजना निर्माणको प्रक्रिया अघि बढाएको हो ।
विसं २०६३ मा आयोजनाको पहिलोपटक सर्वेक्षण गरिएको आयोजना लगानीको स्रोत जुट्न नसक्दा कार्यान्वयन हुनसकेको थिएन । मुस्ताङको थासाङ गाउँपालिकाको घाँसमा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विद्युत्गृह प्रस्ताव गरिएको म्याग्दी जिल्लाको सबैभन्दा ठूलो यो आयोजनाको छ किलोमिटर लामो सुरुङ निर्माण गरिने छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विसं २०७५ असारमा भएको चीन भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवा वाटर कन्जरभेसन एन्ड हाइड्रोपावरका प्रतिनिधिबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
चिनियाँ पक्ष लगानीबाट पछि हटेपछि आयोजना कार्यान्वयन हुनसकेको थिएन । त्रिवेणी इनर्जी प्रालिका प्रशासन प्रमुख विजय कार्कीले स्वदेशी लगानीमा कालीगण्डकी गर्ज निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो । ‘‘हामी आयोजना बनाउने गरी आएका छौँ, आयोजना प्रभावित स्थानीयवासी र सरोकारवाला पक्षको साथ र सहयोगको खाँचो छ”, उहाँले भन्नुभयो, “एक वर्षको अवधिमा आयोजनाको भौतिक संरचना निर्माण थाल्छौँ ।”
अर्धजलाशययुक्त आयोजना निर्माणका लागि कम्पनीले गत फागुनमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भइसकेको छ । “आयोजनाको कुल लागत रु ४३ अर्ब अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “वातावरणीय प्रभाव मूल्याङ्कन गरिसकेपछि लगानी जुटाएर आयोजना निर्माण थाल्छौँ ।”
आयोजनाको परामर्शदाता रुप्से इन्भारोमेन्ट सोलुसन प्रालिले आयोजनाको वातावरणीय र सामाजिक प्रभाव मूल्याङ्कनलाई अगाडि बढाएको छ । सोलुसनका आर्थिक, सामाजिक तथा सांस्कृतिक विज्ञ मुक्ति ढुङ्गानाले आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । म्याग्दी र मुस्ताङका जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखसहितको टोलीले शुक्रबार आयोजना क्षेत्रको स्थलगतरूपमा अनुगमन गरेको थियो ।
आयोजनाबाट वार्षिक एक अर्ब पाँच करोड ५५ लाख ५२ हजार तीन सय १३ युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । जसअनुसार बर्खामा ७१ करोड ७३ लाख ३८ हजार र सुक्खायाममा ३३ करोड ८१ लाख १३ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । सुक्खायाममा आयोजनाको पेकिङ अवधि दैनिक छ घण्टा हुने छ । आयोजनाले सुक्खायाममा पनि दैनिक छ घण्टा एक सय ८० मेगावाट बिजुली उत्पादन गर्ने छ । रन अफ दि रिभर प्रकृतिको आयोजनालाई अर्ध जलाशय बनाउन विद्युत् विकास विभागले सैद्धान्तिक सहमति दिएको थियो ।
आयोजनाले नारच्याङमा रु तीन करोडमा तीन सय रोपनी जग्गा अधिग्रहण गरेको छ । विद्युत्गृहबाट एक किलोमिटर नजिक रहेको दुई सय २० केभी क्षमताको दाना सबस्टेशनमा आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गराइने भएको छ ।
Salient Features
General
Name of the Project Kaligandaki Gorge Hydropower Project
Name of the River Kaligandaki
Type of Scheme Peaking Run of River (PROR)
Peaking Hours Six Hours Daily
Project Location Thasang and Annapurna Rural Municipality
District Mustang and Myagdi
Zone Dhaulagiri
Province Gandaki
Latitude 280 31′ 15″ N to 280 36′ 15″ N
Longitude 830 37′ 15″ E to 830 40′ 00″ E
Nearest Town Beni Bazaar
Construction Period 5 Years
Hydrology
Catchment Area 3,625 sq km
Average Precipitation 704.04 mm
Long Term Average Flow 64.33 m3/s
Minimum Monthly Flow 15.76 m3/s
Design Discharge (Q40) 43.19 m3/s
Design Flood Discharge at Intake (1:100) 1596.0 m3/s
Design Flood Discharge at Powerhouse (1:100) 2344.0 m3/s
Cofferdam
Height above River Bed 5.00 m
First Phase Cofferdam Length 467.00 m
Second Phase Cofferdam Length 277 m
Dam Spillway
Type Ogee Shaped with Radial Gate
Nos of Spillway 3
Width of Each Spillway 12.00 m
Length of Each Spillway 43 m
Full Reservoir Level 1848.91 masl
Live Storage capacity 841,794 m3
Undersluice
Type Rectangular with Radial Gate
Nos of Gate 2
Width of Undersluice 6.00 m
Flap Gate
Height of Gate 4.15 m
Width of Gate 3.00 m
Crest Level of Spillway 1845.91 masl
Intake
Type Side Intake with Vertical Lift Gate
No of units 6
Size of Each Waterway 5.7 m x 1.5 m
Intake Sill Level 1838.72 masl
Settling Basin
Type Hopper Shaped
No of Units 2
Dimension (Length x Width) 116.0 m x 42.0 m
Normal Water Depth 22.60 m
Particle Size to be settled > 0.2 mm
Length of Flushing Canal 3 x 60 m
Size of Flushing Canal 2.5 m x 1.0 m
Normal Water Level 1848.72 masl
Forebay
Length 42.00 m
Width 7.00 m
Full Supply Level 1848.54 masl
Headrace Tunnel
Shape Excavation (Horse Shoe), Lining (circular)
Type of Lining Shotcrete, Concrete
Diameter 5.00 m
Length 5363.91 m
Invert level of Tunnel Inlet 1827.48 masl
Invert Level at Surge Tank 1814.55 masl
Adit I, II & III
Shape Inverted D Shaped
Diameter 5.00 m
Total Length 522.45 m
Surge Tank
Diameter 12.0 m
Height 50.35 m
Crown Level of Surge Tank 1873.22 masl
Invert Level of Surge Tank 1819.55 masl
Steady State Level 1844.68 masl
Upsurge Level 1863.62 masl
Downsurge Level 1830.97 masl
Penstock
Size 4.0 m Diameter and 1390 m Length
Thickness 20 mm – 100 mm
Powerhouse
Type Semi-Underground
Dimension 74 m x 22 m x 35 m
Turbine
Type of Turbine Vertical Axis, Pelton
Number of Units 4
Turbine Axis Level 1350.43 masl
Turbine Efficiency 91.0 %
Tailrace Canal
Type Rectangular
Size 4.5 m x 3.65 m
Length 730 m
Normal Water Level at Tailrace Outlet 1339.42 masl
Design Flood Level at Tailrace (1:100) 1332.00 masl
Switchyard
Size 93 m x 67 m
Transmission Line
Transmission Voltage 220 kV Double circuit
Line Length 1.5 km
Connection Point Dana Substation, NEA
Generator
No. of Units 4
Rating 53 MVA
Speed 750 rpm
Frequency 50 Hz
Rated Voltage 11 kV
Generator Efficiency 96.0 %
Transformer
Type 3 Phase, Oil Immersed
No. of Units 4
Rating 53 MVA
Frequency 50 Hz
Transformer Efficiency 99 %
Power and Energy
Installed Capacity 180.00 MW
Gross Head 498.48 m
Net Head 491.20 m
Dry Season Peak Energy 186.92 GWh
Dry Season Non Peak Energy 136.76 GWh
Wet Season Energy 712.53 GWh
Total Energy 1036.21 GWh
Overall Efficiency 86.49


















