Prakash Adhikari June 6, 2023

काठमाडौँ, २३ जेठ (रासस) । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक  २५.६६ अङ्कले बढेर १९२७.६५ अङ्कमा कायम भएको छ । आजको कारोबारमा नेप्से परिसूचक एक दशमलव ३५ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा दुई सय ६९ कम्पनीको ५५ लाख ४१ हजार आठ सय ७८ कित्ता शेयर ३६ हजार एक सय १८ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ९८ करोड १० लाख १२ हजार सात सय बराबरको कारोबार भएको छ ।

आज सबै समूहका उपसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक चार सय ३१ दशमलव ६९ र होटल तथा पर्यटन समूहको उपसूचक एक सय ५६ दशमलव ९४ अङ्कले बढेको छ ।

बैंकिङ समूह एक दशमलव ८०, विकास बैङ्क २७ दशमलव ४८, वित्त १८ दशमलव ५५, जलविद्युत् ७५ दशमलव ७५ र लगानी शून्य दशमलव ६६ अङ्कले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन ३२ दशमलव ४६, म्युचुअल फन्ड शून्य दशमलव १८, व्यापार २९ दशमलव ८४ र अन्य समूह तीन दशमलव ९५ अङ्कले बढेको छ ।

आज न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ८५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सेन्चुरी डिभेञ्चर २०८८ को शेयर मूल्य तीन दशमलव ०४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सोल्टी होटल लिमिटेडको नौ करोड ६८ लाख ७२ हजार चार सय ३३ बराबरको दुई लाख ८४ हजार नौ सय ५५ कित्ता शेयर किनबेच भएको छ ।

Share Now

Leave a comment.