काठमाडौं। नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित होटलहरुमा छुट पाउने भएका छन्।
ल्याण्डमार्कको काठमाडौं, चितवन र पोखरामा रहेका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट पाउने भएका छन्। होटल तथा रिसोर्टको आवास सुविधामा १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ।
नबिल बैंकको चेक, डेबिट/क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुविधा पाइने बताइएको छ।


















