काठमाडौं, ३२ जेठ (एजेन्सी) । एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुने भएको छ ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार एकदिवसीय एसिया कप २०२३ आगमी अगष्ट ३१ देखी १७ सेप्टेम्बरसम्म पाकिस्तान र श्रीलंकामा गर्ने निर्णय भएको जानकारी दिएको छ ।
प्रतियोगिताका चार खेल पाकिस्तान र बाँकी ९ खेल श्रीलंकामा हुने एसीसीले जनाएको छ । भारतीय क्रिकेट टोलीलाई त्यहाँको क्रिकेट बोर्डले पाकिस्तानमा हुने खेलमा सहभागी गराउन नमाने पछि तेस्रो देशकोे तटस्थ भूमिको खोजी भएको थियो । पाकिस्तानले केही खेलका निमित्त युनाइटेड अरब इमिरेट्सलाई पनि सिफारिस गरेको थियो तर एसीसीले श्रीलंकालाई रोज्यो ।
श्रीलंकामा एशिया कपका ९ खेल हुने भएका छन् । समूह ए मा रहेको नेपालले भने पाकिस्तानसँगको खेल पाकिस्तानमै खेल्नेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
नेपालले अघिल्लो महिना घरेलु मैदान टियुमा एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको थियो । आफ्नो क्रिकेट इतिहासमा नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
आयोजक पाकिस्कतानमा भने मात्रै चार खेल हुनेछन् । हरेक समूहबाट शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्


















